सोचे जस्तो हुन्न जीवन

Sunday, September 1, 2013

तिम्रौ लागि

  जित्छु भन्यौ तिमिले हाँसी हाँसी हारी दिए
 छोड्नु भन्यौ तिमिले डेरा अन्तै सारी दिए

 तिमिलाई खुसी राख्न हर प्रयास गर्दा गर्दै 
मन्को सारा इच्क्षाहरु तिम्रैलागी मारी दिए

के थियो उन्मा त्यस्तो मैले दिन नसकिने 
नाता हाम्रो खारभन्यौ त्योपनी खारि दिए 

फेरी सोध्यौ मलाई कस्तो छ तिम्लाई भनी 
खुसीका साथ बाचिराछु भनी एसै टारी दिए 

यस्तो लाग्छ अझै पनी तिमी नैछौ वरिपरी 
भुल्छु भनी आँखाबाट आँसु बनाइ झारी दिए 

छाडी गएउ एक्लो बनाएर यो दुनियामा 
तिम्रो याद अगालेर पागलसरि बाची दिए 

नुन बिनाको तरकारी भो त्यसलाई पनि फाली दिए 
भुल भनौ तिम्मले मलाई मैले पनि भुलि दिए 
                                                      सन्देश जि.सी.

आँशु दिन्न रुनुपर्छ मैले।।

यो मुटु माग संसार दिन्छु
, आँशु दिन्न रुनुपर्छ मैले।।
धडकन माग प्यार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
मरिदिउँला तिम्रो खातिर,
जुगौँ जुग बाँच्नु तिमी
तिमी जिउने आधार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
शिशिर जती मेरै भागमा,
वसन्तको मुना तिमीलाई
फुलै फुलको बहार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
छाहरी खोजौली तिमीले,
हिँड्दा कतै थाक्यौ भने
मेरै मनको संघार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
कसम तिमीलाई
यि आँखामा राखेको छु,
मनमा सजाउँछु
मेरै मनको संघार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।

बल्ल थाहा पाएँ

छिनमै आँशु पुस्तै
हाँसिरहेछु म यहाँ
टुक्रिएका आशाहरु
गाँसीरहेछु यहाँ म
सपनाबाट बिस्तारै
बिपनामा सर्दोरहेछु
हो आज बल्ल थाहा
पाएँ म तिमीलाई
चोखो माया गर्दोरहेछु
समर्पणका कहानी
सम्झँदा छाती फुलेर
आउँछ सन्तोषले फेरी
तिरस्कारका कहाली
सम्झँदा मुटु जलेर आउँछ
आक्रोशले क्षणभरमै
मायैमायाले आक्रोशलाई
मार्दोरहेछु हो
आज बल्ल थाहा पाएँ
म तिमीलाई चोखो माया
गर्दोरहेछु अरु केहि चाहिन्नथ्यो
तिम्रै स्पर्श प्यारो लाग्थ्यो
एकै पललाई भएपनि
छुट्टिन लाइ गाह्रो लाग्थ्यो
आजको यो बियोग सम्झी
आँशुहरु झार्दोरहेछु हो
आज बल्ल थाहा पाएँ
म तिमीलाई
चोखो माया गर्दोरहेछु

तिम्रो प्रतिक्षामा

थाकेको छ नजर आज
 तिम्रो प्रतिक्षामा
सुनसान छ यो सहर आज
 तिम्रो प्रतिक्षामा
एक एक थोपा गर्दै
 रित्तिगयो जिन्दगी
सागर भयो बगर आज
 तिम्रो प्रतिक्षामा
चिथोरिराछ छाती,
दुखाईराछ आफैलाई
राक्षस भैगयो नर
आज तिम्रो प्रतिक्षामा
नत खान्छ भोकमा,
नत शरिर ढाकेको छ
कांपिरहेछ थर्थर
आज तिम्रो प्रतिक्षामा
म को हुं? कहां छु?
 हालत के छ कुन्नि?
आफ्नै छैन खबर
आज तिम्रो प्रतिक्षामा

प्रेमको कुनै प्रमाण दिन सक्दिन

साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन
माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ
बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै
टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया ।
त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज ।
मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ । प्रिय म के भन्न चाहन्छु
भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै
जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले
सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के
भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन,
शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई
माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन ।
तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म
भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने
विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न
चाहन्न ।

केहि हुदैन रहेछ

आफुले चाहे जस्तो कहिलै केहि हुदैन रहेछ ! मैले पनि धेरै कुराहरु कोही बाट
चाहे तर खै त्यो पाउन सकिन तिमीलाई मैले मेरो सबै थोक सम्झे तर खै तिमीले
मलाई केसम्झेकी छौ ? त्योता मजान्दिन सायेद हुन सक्छ तिमी पनि मलाई
मैले भन्दा धेरै चाहन्छौँ ! तर जुन चाहना तिम्रो मनमा छ त्यो मलाई कहिलै.................................................................................................................................................................................................?

जिन्दगीलेधोका दियो "



देख्दै छूं म जून पनि,
 कता कता वैले जस्तो.
सुन्यता र छटपटी भो
,लाग्दैन क्यै पैले जस्तो.
कता कता त्रास भर्छ ,
चयन झर्छ घरि घरि.
आखाँहरु झरिरन्छन्
,गोरेटो कै वरी परि /.

जूनकिरी बत्ती बाली
,तिमी खोजे जस्तो देख्छु.
निस्तब्ध यो रात कतै
तिमी बोले जस्तो सुन्छु.
पालिबाट चियाउछु
 ,आउँदै छौ कि कतै भनि....
झुल्कदैनौ तिमी फेरि
,उराठ बन्छ रात अनि /.

दूरतामा बाँसुरीको धून
सुन्छु घरि घरि.
बिरहमा मेरै जस्तो
 बजायो कि कठैवरी

प्रेम किन असफल हुन्छ ?

प्रेम किन असफल हुन्छ
 
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको अन्त्य हुँदैन, प्रेम ले आफैलाई कसैमाथि जबरजस्ती गर्दैन । त्यसैले प्र...ेमको अर्थ एउटा गुण हो । प्रेम, चरित्र, व्यक्तित्वको एउटा भित्री पक्ष हो । प्रेम पवित्रता, धार्मिकता, न्याय अथवा क्रोधमा पनि कुनै पनि अर्थमा नमिल्दो हुँदैन । त्यसैले प्रेमले बिहे अगाडी पछाडी केही पनि प्रवा गर्दैन.........यदि त्यो प्रेमको नाम दिएर भित्री स्वार्थी लुकेको छनै भनेदेखी..

  ?प्रेममा परिवर्तनको क्षमता हुन्छ। भौतिक होइन आत्मिक अनुभव हो प्रेम। प्रेमको न कुनै सीमा हुन्छ न समय र भूगोल। प्रेम जुनसुकै बेला जोसँग पनि हुनसक्छ। प्रेम कसैसँग चाहना गरेर हुदैन मानिसको आनिबानी व्यक्तित्व आदिले कसैलाई मोहित गरेर वा भावनामा डुबेर प्रेम हुन्छ। मानिसलाई यो धर्तीमा शान्ति र अहम बिनानै बाँच्न र सुन्दर जीवनको कल्पना गर्न प्रेमले नै सिकाउँछ। प्रेममा त्यस्तो शक्ति हुन्छ जसले जीवन निर्वाहका लागि अमृतको काम गर्छ। एक अर्काबीचमा विश्वास अनि भावनात्मक सम्बन्ध रह्यो भने प्रेम सफल हुन्छ। कसैको बाहिरी बनावटले आकर्षण गरेर प्रेम भयो भन्नु मुर्खता सिवाए केही होइन। मस्तिष्कको अनुरोध अनि मनको चाहनाबाट उत्पन्न भावना नै प्रेम हो।

कसैको यौवन वा जवानीको मोहमा परेर उसको यौन तृष्णा मेटाउन गरिने केही दिनको काल्पनिक नाटकलाई प्रेम भन्न मिल्दैन। शारीरिक आकर्षकलाई केन्द्रमा राखेर देखासिखि मानसिकताले उत्प्रेरित भएर प्रेम गर्ने हो भने त्यो प्रेम सफल हुँदैन। युवा- युवतीबीचको शारीरिक आकर्षकले केही दिन सम्बन्ध सुमधुर भए पनि बिस्तारै खटपट उत्पन्न हुन थाल्छ।

प्रेम असफल हुनुको अर्को कारण एक अर्कामा वैचारिक मतभेद हुनु हो। घरपरिवार आफन्त र समाजको रितिरिवाज मर्यादा एवं संस्कारको ख्याल नगरी गरिएको प्रेम असफल हुन्छ। कुनै समयमा प्रेम सार्वजनिक भएपछि समाजले स्वीकार नगर्ने अवस्थामा प्रेमबाट अलग हुन सक्ने गरी सम्बन्ध बढाउनुनै उचित हुन्छ। प्रेमी-प्रेमिकाले एक अर्कालाई गुमाउँदा कुनै अप्रिय दुर्घटना नहुने गरी प्रेम गर्नुपर्छ। प्रेम दुवै जनाको मनैदे खि उत्पन्न हुनुपर्छ तब मात्र प्रेमी र प्रेमीकाको सम्बन्ध सुमधुर हुन्छ।

एकतर्फी प्रेमले दुवै जनाको सम्बन्ध सुमधुर हुन्छ भन्न सकिँदैन। आत्मादेखि नै गरिएको चाहना नै प्रेम हो।
आफूले रोजेको मानिससँग सम्बन्ध बिग्रिए पछि, मनको कुरा खोल्न नपाई अर्कोबाटो रोजेका कारण वा प्रेममा असन्तुष्ट भएर प्रेमी वा प्रेमीकाले आत्महत्या वा दुव्र्यसनको बाटो समात्छन्। प्रेमका कारण बीचैमा पढाइ छाड्नेहरू पनि उत्तिकै छन्। भनिन्छ- प्रेम सञ्जीवनी बुटी हो जसलाई चिन्न र ग्रहण गर्नसके यसले जीवनलाई सुन्दर बनाउनुका साथै जीवन-निर्वाहमा अमृतको काम गर्छ, तसर्थ प्रेमी-प्रेमीकाले प्रेमबाट धेरै अपेक्षा नराखी सम्बन्ध बढाउनु नै उपयुक्त हुन्छ।

हजुर

मुटु भित्र अनगिन्ति,
 चोट भाको मान्छे हजुर !
जन्मदा नै दु:ख सँग

, मित लाको मान्छे हजुर !!
दोष दिन्न दैबलाइ,

 ब्यथा किन दियौ भनि
को नै छ र ? चाहे जती,

 सबै पाको मान्छे हजुर !
आफु जती दुखे पनि,

 दुखाउदिन अरुलाइ !
आउँदा नै जाने पनि,

 कसम खाको मान्छे हजुर !
सहि दिन्छु चोट हरु,

बाँचिदिन्छु जसो तसो !
भत्किए थ्यो दिलको छानो,

 फेरी छाको मान्छे हजुर !
सुकि सक्यो गला मेरो

, भयो केहि बोल्दिन म !
बिरहका गित हिजो,

 धेरै गाको मान्छे हजुर !

नशा पिउदै तिमीलाई

नशा पिउदै तिमीलाई
भुल्ने कोशीश गर्न थाले
छाती भित्र भएको
 ब्यथाहरु भुलाउन थाले
तर यो नशा पनि
आखिरमा धोकेबाज निस्कियो
नशामा पनि तिमीलाई नै
 याद गर्न पो थाले

मुटु भित्र गडेको तिम्रो
मायालाई निकाल्न चाहे
हर सासबाट निस्कने
 तिम्रो नाम रोक्न चाहे
तर यो धडकन पनि
आखिरमा धोकेबाज निस्कियो
यो धडकनले पनि
केवल तिम्रै नाम जप्न चाहे
...
जिउनु भन्दा निको
काललाई रोज्न चाहे
मृत्‍यु अङाली तिमीबाट
टाढा हुन चाहे
तर यो मृत्‍यु पनि
आखिरमा धोकेबाज निस्कियो
यसले पनि तिम्रो यादमा
तड्पी तड्पी म बाचेको हेर्न चाहे....!

शुभकामना छ तिमिलाइ

जाउ प्रिया जाउ ।।

कसम तिमिलाइ कदापि रोक्ने छैन म । तिमि संग हुदाका ति मयालु याद हरु
मलाइ छोडि, अरु सबै तिमि लिएर जाउ ।। आउने छैन म तिमिलाइ दुखाउन
अब तिम्रो जिंदगि मा ।।संगै खएका कसमहरु संगै देखेका सपनाहरु भताभुंग भएर
छरिएका छन । भयो अब बटुल्न कोसिस पनि गर्दिन म, र
तिमि पनि नगर ।। अब बिना लक्क्ष्य बिना सपना र
बिना खुसि बाच्नु छ मैले ।। तिमि अब नयाँ लक्ष्य बनाउनु ,
नया सपनमा रमाउनु, नयाँ अनि सुखि ज...िबन ज्युनु ।। मेरो प्राथना छ भगवन संग
 तिमिलाइ सदैब खुसि मिलोस, सफ़लता मिलोस ।संगै हुदा धेरै
गल्ति भएका छन म बाट थाहा छ मलाइ । धेरै पटक ,
रिसाएको छु तिमि संग । त्यो सबै आफ़्नो ठानेर गरेको थे मैले । माया गर्न
छाडेको थियेन कहिल्यै ।हो प्रिया । माया गर्थे गर्छु र गरि रहने छु सदैब ।
यति हो कि तिमिलाइ पाउन सकिन मैले । तर केहि छैन, सोचेको र
चाहेको सबै मिल्दैन, यो सत्यहो । मैले पनि स्विकर्नु पर्छ ।। थाहा छ मलाइ
रुवाउने छन याद हरुले । तर स्विकार्य छ मलै त्यो पिडा, किनकि तिमि त
कतै सुखि हुनेछौ ।। तिमि सधै आफ़्नो ख्याल गर्नु प्रिया । जिबनका हरेक
मोडमा सहि मार्ग रोज्नु । कहिल्यै नसम्झनु मलाइ अनि म संग
जोडिएका ति पल हरुलाइ ।। किनकि म चाह्न्न तिमिलाइ पुरना याद हरुले
रुवाउन । तिम्रा आंखा मा कहिल्यै आसु नाआओस । तिमिलाइ
नयाँ जिबनको लागि सुभकामना ।। तिम्रो याद दिलाउने धेरै चिजहरु छन
मसँग । अब मात्रि ति नै रहनेछन मेरो साथि अनि साहारा ।।
तिम्रो प्यारो अंगालोको न्यानो पन, तिम्रो स्वासको सुगँध,
तिम्रो प्यारो स्पर्स छापिएका छन मुटु भित्र कहिल्यै नजाने गरि ।।
धन्यवाद मुटु ।तिमिले दिएको सुनौलो समयको लागि । तिमि संग
जति दिन बिते ति सुनौला थिए । यो खुसि आउने छैन
मेरो जिबनमा फ़ेरि ।। कोसिस गर्ने छु सामन्य जिबन ज्युन । तिम्रो अभाव
हुने छ धेरै ।याद आउने छ , रुवाउने छ जाने छ ।थाहा छ म लायक थिइन तिम्रो ।
तिम्रो परिवार बराबरि मेरो परिवार पनि छैन पक्कै । म तिम्रो हुन
सुहाउदिन कुनै पनि द्रिस्टिकोण बाट । यस्तो मांछेलाइ
पनि केहि समयको लागि भए पनि माया दियौ, यस्का लागि धेरै धेरै
आभारि छु म तिमि प्रति ।। अंनत्यमा यहि भन्छु कि ू
तिमि सदा खुसि रहनु । मेरो अभाव महसुस नहोस कहिल्यै ।
याद हरुलेनरुवाउन तिमिलाइ ।।

जय होस तिम्रो ।।।।।। शुभकामना छ तिमिलाइ

सायद

माया त नभनौ सायद , किन कि माया त मैले कहिल्यै पनि देखिन तिमीमा म प्रती..। म पागल सरि एकोहोरो माया गरिरहे तिमीलाई तर म प्रेमको माम्लामा अनबिग्य नै साबित भए..... हाम्रो प्रेमको पालुवा पलाएको थियो त्यो झिनो त घातक साबित भयो, मलाई लाग्थ्यो हाम्रो जोडी राम र सीताको झै थियो। तर के गर्नु अफसोच मायाको परिभाषा नबुझ्ने हरुलाई शिव र पार्वतीको झै बनैदिए पनि घातक हुदो रहेछ । अरूले पढ्दा सुनेको थिए आध्यात्मिक र धlर्मिक ग्रन्थमा लेखिएको थियो भगवान शिवले जोगिको भेष गरेर पार्वतीलाई छल गरेका थिए तर यहाँ त पार्वतीले शिवलाई पो छल गरिन। हुन त यस्मा कुनै आश्चर्य छैन किनकी यो कलियुग हो...................ठिकैछ मेरो प्रेम तिम्रा लागि सस्तो साबित भयो, म तिमीले गरेको घृणालाई अमृत ठानी मृत्‍यु सैयामा पुग्दा समेत जपिरहनेछु....केवल तिम्रो नाम............................किन कि जीवनमा कसैलाई आँफु भन्दा धेरै माया गरेको थिए त , त्यो तिमी थियौ , केवल तिमी..........I promise u...From the bottom of my heart....I will love u !!!!!!!!!!!!!!

this is Love Today.........


 माया प्रस्तुत गर्न कुनै अप्ठ्यारो छैन। इमेल वा च्याटिङ गरेर मायाको सन्देश पठायो, भैहाल्यो माया। यद्यपि माया गरिँदैन आफैं हुन्छ भनिन्छ। अहिले लैला-मजनु, रोमियो-जुलियटजस्ता एक-अर्कामा समर्पित जोडी कहाँ पाउनु ? जसले आफ्नो प्रेमका लागि ज्यानै दिए। यस्ता कुरा अहिलेको पुस्ताले सुने हावाको कुरा मान्नसक्छन्। प्रेममा समर्पण उनीहरूलाई फिक्का अर्थहीन लाग्छ। त्यसलाई उनीहरू मूर्खता ...मान्छन्- जसले आफ्नो मायाका लागि ज्यान दिए, लामो-लामो चिठी लेखेर समय बर्बाद गरे। भेटका लागि धेरै प्रयास गरे। उत्तिबेला भेट्न गार्‍हो, भेटे पनि कुरा गर्न अप्ठ्यारो। वर्तमानमा भने युवा होस् वा युवती भेट हुन पाएको छैन, निसंकोच माया व्यक्त गरिहाल्छन्।
इन्टरनेटको चक्रब्युहमा परेका युवाहरू हिजोआज फेसबुक र हाइफाइभमा आफ्नो माया व्यक्त गर्न थालेका छन्। उनीहरूमा केही संकोच छैन, जसले पढे पनि हुने। ब्लगमा जे मनमा आयो त्यही लेख्यो। नेटबाट एसएमएस कपी गर्‍यो अनि तुरुन्त अरूलाई पठायो। भए हुन्छ नभए सन्च भनेझैं छ अहिलेको प्रेम। मन पराएका मान्छेलाई फूल पठाउनु र रगतले लेखेको चिठी पठाउनु पूरै बेबकुफी बन्दै गएको छ। आधुनिक भावनामा गरिने प्रेममा आईलभयू लेखेर एसएमएस पठाए भैहाल्छ, जस्तोसुकै रेस्पोन्स आओस् मतलब छैन।

मेरो जनम्-जनमको साथी

मैले चाहे भन्दा धेरै,मैले मागे भन्दा ठुलो उपहार हौ तिमी ,

किनकी तिमी मेरो साथी,मेरो मनको साथी जिबनभरी..

जबजब म हड्बडाउँछु,तिमी त्यँहा हुँन्छौ सम्हाल्न मलाई,

मेरा कमजोरीहरु औल्याइदिन र मलाई राहत दिन..

बुझाउन मलाई अनि बाटोहरु देखाइदिन..

तिमी त हौ मेरो भरोसाको प्रतिमुर्ती,

जसरी तिमी हरेक दु:ख सुखमा त्यही हुँन्छौ ..

तिम्रो न्यानो सहानुभुति सहित देखा पर्छौ ..

जहिले म एक्लो महसुस गर्छु,

तिमिले एक्लोपनको... आभास हुन दिदैनौ..

जब म थकित भैइ सपनाहरु धमिलो देख्न थाल्छु,

तिमीले सुनौलो आशाहरु जगाइदिन्छौ..

थाहा छैन म कसरी अभिब्यक्त गरुँ आँफैलाई,

तर तिमीले हजारौं बाटोहरु पहिल्याइदिन्छौ..

न त तिमीले मलाई हतास हुने मौका दिन्छौ,

न त निरास भैइ सुन्यमा कतै हराउन दिन्छौ..

तिमी मेरो खुशीका कारणहरु हुन सक्छौ,

मेरो सफल जिबनको सिढिँहरु बन्न सक्छौ..

तिमी मेरो लर्खराइरहेको खुट्टाहरुको,

अटल विश्वाश र संजिबनीका बुटीहरु हुन सक्छौ ..

त्यसैले त म भन्ने गर्छु तिमीलाई,

तिमीबिना शायद म अपुरो छु,अँधुरो हुनेछु..

केबल यस्तै भैरहनु,परिवर्तन नहुनु कहिलेपनि,

म तिमीलाई गुमाउन चाहन्न,

तिमी मेरो प्रत्यक पलहरुको साथी..

भौतिक रुपले हामीलाई अलग्याए पनि,

तिमी त्यही हुनेछौ मेरो आडमा..

तिम्रा न्यानो साथहरु त्यही हुनेछन,

हाम्रो मित्रताको हातहरु कहिले बदलिने छैनन् ..

म साँचै भाग्यमानी ठान्छु आँफैलाई,

तिम्रो आगमन मेरो लागि एउटा छुट्टै पहिचान ..

अपेक्षा गर्छु म तिमीबाट,हर कोणहरुबाट,

तिमी त हौ मेरो पाइला-पाइलाको साथी..

शब्दहरुमा सिमित पार्न सक्दिन म,

मेरो जिबनमा तिमी हुनुको अर्थ..

मात्र एउटा कामना छ अन्तर हृदय बाट नै,

तिमी नै भैइदेउ मेरो जनम्-जनमको साथी..