सोचे जस्तो हुन्न जीवन

Saturday, September 7, 2013

मैले तिमीलाई माया गर्नुको कारण के होला ?


मैले तिमीलाई माया गर्नुको कारण के होला ?
यस्तो प्रश्न तिमीले मलाई सोध्नुभन्दा पहिला
निलो आकाशलाई रंगीचंगी इन्द्रेणीले सजाउनुको कारण सोध
रातमा चन्द्रमालाई साथ दिंदै ताराहरू तल्किनुको कारण सोध
बगैचामा रंगीबिरंगी फूलहरू फुल्नुको कारण सोध
कालो बादललाई मेघ गर्जाउदै पानी बर्साउनुको कारण सोध
सायद त्यसपछि तिमीले जवाफ पाउनेछ्यौ
सायद त्यसपछि मैले जस्तै तिमीले पनि बिना कारण मसित माया लाउनेछ्यौ ।
बिशाल महासागरमा जलप्राणीहरू पौदिनुको कारण के होला ?
अँध्यारोमा जुनकिरीले प्रकाश छर्नुको कारण के होला ?
ब्रह्माण्ड जिउँदो रहनुको कारण के होला ?
खुसीमा हाँस्नु पर्ने र आँशु नूनिलो हुनुको कारण के होला ?
अँझै पनि जवाफ भेटाएनौ भने
त्यो धड्किन्दै गरेको मुटुलाई सोध, धड्किनुको कारण
त्यो ओठको लालीलाई सोध, रसिलो हुनुको कारण
त्यो भोक, त्यो प्यास, त्यो सुन्दरताले भरिएको तनमनलाई सोध
सायद स्पस्ट हुनेछ मैले तिमीलाई माया गर्नुको कारण ।
त्यो प्रश्न मै लुकेको जवाफलाई सोध
त्यो सुन्न चाहेको कानलाई सोध
त्यो महसुस गर्न खोज्ने भावलाई सोध
हरेक स्पर्शमा आनन्दित हुने त्यो आनन्दलाई सोध
श्वरलाई सोध, ईश्वरलाई सोध, परमेश्वरलाई सोध
त्यो धैर्यतालाई सोध, त्यो मौनतालाई सोध
त्यो तृष्णालाई सोध, त्यो प्रतिक्षालाई सोध
त्यो रिसमा पनि माया मिसिनुको कारण सोध
न्यानो अंगालोमा बाँधिन चिसिनुको कारण सोध
बिछोड सहन नसक्ने त्यो मिलनलाई सोध
बिहानीलाई सोध, पुरा कहानीलाई सोध
एक अर्कालाई सर्वस्व सुम्पनुको कारण के होला ?
स्वास फेरिरहनु पर्नेको कारण के होला ?
विश्वास गरिरहनु पर्नेको कारण के होला ?
सायद यति सुनेर स्वयम कारणलाई पनि लाज लाग्ने होला
त्यसैले अब उपरान्त मायामा कारण शब्द समाबेस नगरिएला
अनि माया गर्नेले माया गर्नुको कारण नसोधिदेला ।
त्यो डरप्रति विजय प्राप्त गर्ने त्यो निडरलाई सोध
त्यो इच्छा त्याग्ने सक्ने त्यागलाई सोध
त्यो सरलता, त्यो तरलतालाई सोध
सुम्सुम्याएका केशका प्रत्यक रेसारेसालाई सोध
सुस्ताऊन दिने त्यो बक्ष्यस्थललाई सोध
माया हासिल गरेका नौला अनुभवलाई सोध
त्यो पीडालाई सोध, त्यो गहिराईलाई सोध
गहिराईमा हराउने त्यो झरनालाई सोध
सृस्टिको हरेक रचनालाई सोध
हरेक ऋतुलाई परिवर्तन हुनुपर्नेको कारण सोध
सायद जवाफ पाउनेछ्यौ त्यसपछि
मैले तिमीलाई माया गर्नुको कारण के होला ?

भन्थेउ


पुर्णिमा को रात चाईदैन मलाई भन्थेउ
औशिको रात भए पुग्छ

अरुको माया चैदैन मलाई भन्थेउ
तिम्रो मिठो माया भए पुग्छ ...

फुलको लाली चाहिदैन मलाई भन्थेउ
तिम्रो मिठो मुस्कान भए पुग्छ

भमराको धुन चाहिदैन मलाई भन्थेउ
तिम्रो सुरिलो आवाज भए पुग्छ

चौतारीको छाया चैहिदैन मलाई भन्थेउ
तिम्रो छायानै भए मलाई पुग्छ

यादको मिठास चाहिदैन मलाई भन्थेउ
तिम्रो साया भए पुग्छ

तर तिम्ले छोडी गयो लाएको नाता तोडी गयो
सपनिमा नआउ निस्तुरी ..............
बिपनिमा एक थोपा बिष दिए पुग्छ

यादलाई सिसा सरि फुटाईदिए पुग्छ
आशुलाई बिष बनाई पिलाईदिए पुग्छ