उनलार्ई भेट्नु अगाडि माया के हो थाहा नै थिएन मलाई अरुले गरेका मायाका कुरामा विश्वासै थिएन जब म आफै सिमरनको मायाजालमा परे तब महसुस गर्न कर लाग्यो । कति छटपट हुँदोरहेछ मनमा कति व्यथा बल्झिदारहेछन् कति आँशा निराशाहरु मनमा चलमलाउँदा रहेछन् त्यसको त लेखाजोखा नहुदोरहेछ । जीवनको हरेक क्षणलाई उनमै विलिन गराउन मन लाग्दोरहेछ । तर के गर्नु भाग्यमा जे लेखेको छ आफ्रनो जीवनको हरेक यात्रामा भोग्दै जानुपर्दोरहेछ । मिलन बिछोड हासो खुसी त कहिले दुःख । कुनै कुराको सपना देख्नु मात्र हुदोरहेछ । मेरो हरेक सपनाहरु पुरा हुन योग्य रहेन । जब मैले कुनै सपनाहरु मनमा बुन्ने गर्थे । ति मेरो हरेक सपनाहरु मैले देखेभन्दा ठिक उल्टो हुदैँ जाथ्यो एकातिर सिमरनको माया पाउँनु र गुमाउँनुको पिडा यस्तै यस्तै सयौं पिडाहरुले जेलेको थियो मलाई । कुनै बेला जिन्दगीको यात्रामा यस्तो पनि हुदोरहेछ् सोच्दै नसोचेको कसैको मायाले पिडा दिंदोरहेछ हो उनको मायाले मलाई सबथोक बनाईदिएको थियो । याहाँबाट त्याहाँसम्म कि मेरो जिन्दगीको हर चाहानाहरु पुरा भएझै लाथ्यो । तर आज यसरी यी सब कुराहरु आफ्रनै शब्दहरुमा हराउँन पर्छ । कविताको कुनै ज्ञान नभएपनि कवि भइएको छु । अनि गजलको कुनै सार नजानेपनि गजलकार भइएको छु । सबै कुरा सिकाउनुपर्दो रहेछ एकले अर्कालाई तर यो माया गर्ने कुरा सिकाउन पर्दैन रहेछ यो त आफै जानिदोरहेछ । कस्तो अचम्म यो मायाको खेलपनि कुन बेला सम्बन्ध जोडीन्छ र कुनबेला छुर्टछ थाहानै नहुने । यसरी आफ्नै पिडाहरुको खातले भरीएको मनलाई काबुमा राख्दै म मेरो जीवनको यात्रालाई त्यही समयको गती सँगै अगाडी बढाउँदै गए । सोचेथे मैले उनलाई मेरो आँखीरी साहारा सँगै हिड्ने जीवनको अन्नत यात्रा बनाउँ । कति आशा थियो मेरो बाँकी जीवन सुखमय बनाउँने त्याग तपस्या के गरेर हुन्छ सिमरनलाई आफ्रनो बनाउँने । सबै सपनाहरु भताभुङग उजाडीएको पाखा पखेरा जस्तै भएको छ आज । उनको सम्मझनाले पनि मुटु जल्छ दिनभर यता उता गरेर म आफ्रनै जन्दिगी बाट पर भागेर मेरो सारा दिनहरु बिताउदै जीवनको गनतब्यहिन यात्रा लाई अगाडी बढाउने कोसीस गदै चुपचाप बसछु । मनमा हरेक सोचाईहरु आउँथे के गर्नु छ र मैले भने झै लाथ्यो मेरो हरेक सपनाको गोरेटाहरु टुटीसकेको थियो । तर पनि आफ्रनो अयिर्ननत्रित मनलाई नियन्त्रन गर्ने प्रयास गदै मनमा भएका तिता मिठा खुसी र पिडाको क्षणहरुलाई आफै भित्र लुकाएर अरुको लागी त्यही दुःख र पडिा मिसीएको हासो दिनको लागी बाध्य भएको थिए । हो मलाई बाँसुरी र चुरोट जस्तै उनको ओठमा चेपिरहन मन लाग्छ उनको आफ्रनो बनी उनिसँगै खेल्न मन लाग्छ हो अझै पनि उनकै हात बनी जताततै सल्बलाउन मन लाग्छ अनि उनको मुसकान भएर उनको ओठमा हासीरहन मन लाग्छ । तर के गर्नु मनका हरेक कुरा मेरो लागी सपना मात्र बनिदीन्छ र सपना मै बिलाउन खोज्छ बिलीप हुन दिने मन त हुदैन्न तर पनि म ति सफलनहुने मेरा अधुरा सपनाहरु बिलीन गराउँन बाध्य हुन्छु । तर के गर्नु चिसो चिसो हावाले पनि पटक पटक उनकै न्यानो मायाको यादहरु जगाईदिन्छ । अब त मसँग के नै बाँकी राखेर गएकी छे र । उनले मसँग भएका केही हासो खुसीका क्षणहरु पनि सबै छताछुल्ल पारीदिएर गई । आखिर किन मैले के गरे र सिमरन तिमीलार्ई त्यसतो । मेरा अलि अलि भएका खुसीहरु पनि लगी छाडौ । हुनत गल्ती मैरै थियो तिम्रो नाम यो दिलबाट बाहिर निकालन खोज्दा खोज्दै फेरी तिमीलाई यो मुटुमा ठाँउ दिए । ठाँउ नदिउत कसरी फेरी तिमी त बाध्यतामा टाढा भए झै लागेको थियो तर हैन रहेछ म गलत रहेछु म भ्रममा परेको रहेछु मैले जे सुन्ने त्यो सबै झुटा रहेछ । यदि सत्य हो त मलाई फेरी किन मायाको आँश देखाएउ अनि किन फेरी अलिअलि बाँकी रहेका खुसी हरुलाई लिएरै गयौ । आखीर किन ? यदि सिमरनले मसँग चोखो माया लाएको भए कदापी यस्तो गर्दीन थियी होला के थाहा उनलाई चोखो मायामा भगवानको बास हुन्छ भनेर । कसैसँग चोखो माया लाएको भए थाहा पाउँने थियी माया गर्ने मुटुमा चोट दिदा कस्तो पिडा हुन्छ भनेर । मनमा यस्तै यस्तै कयौ कुराहरु खेलिरहनथ्यो अझै याद आउँछ सिमरन सँग बिताएको क्षणहरु उनिसँग घण्टौ घण्टा फोनमा गरेका कुराहरु अनि उनिसँग हुदा बिताएका खुसीका पलहरु हरक्षण मेरै वरिपरी घुमीरहन्छ र मेरो आँखाको गङगाजलहरु परेलीले लगाएको बाधहरुलाई भतकाएर बाहिर आउँछ अनि कतिबेला रोकिन्छ थाहा नै हुदैन्न । आखीरी यो जीवन पनि कस्तो भयो कस्तो । जीवन नै कथा जस्तो अनि कथा नै जीवन जस्तो । यदी उनि मेरो जीवनमा नआएको भए केही हुने नै थिएन होला उनि गएपछि पुण नआएको भए हुथ्यो । आई त ठिक छ फेरी किन एकलै छोडे्र गई थाहा थियो सिमरनलार्ई अस्तिको उनको मायाले दिन दिन मलाई जलाई राखेको छ भन्ने । फेरी किन मेरो भाबनाहरुमा झनठुलो आगो लगाएर गई । उनको बारेमा यो फुसरा प्रश्न जति गरेपनि आँखिरी हुने त केही थिएन । उनको सम्झनामा यो मेरो मनमा जति नै प्रश्न आउँछन् ति सबै प्रश्नहरु उनलाई सोध्न पाएको भए केही हुनथ्यो पनि होला सायद । तर के गर्नु यी हजारौ प्रश्न जतिनै गरेपनि मेरै मनमा सिमीत रहन्छ नत उनले सुन्छे नत अरुकसैले यसलेत म आफैलाई झन कमजोर पार्दै लैजादो रहेछ । आँखिरीमा छोडी जाने निस्टुरीको पनि किन पल पलमा याद आँउछ । भन्न त भनथे साथिहरुले मलाई आफुसँग भएका सारा चिज अरुलाई दिनु तर ढुक्क भएर दिल चै कसैलाई नदिनु दिलमा लागेको चोटले आफ्रनै समाप्ती चाहन्छ भनेर । आज आएर थाहा भयो यो साँचो रहेछ शरिरको चोट त लुकाउँन सकिनथ्यो तर यो दिलको चोट लुकाउँन निकै कठिन हुँदोरहेछ ।
No comments:
Post a Comment