सोचे जस्तो हुन्न जीवन

Wednesday, September 4, 2013

नरुनु है

 
म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है
 
 म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है...

जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है

मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है

सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है
 
 
 
 
 
 
 
 
                                                                                                                नरुनु है

थाहा भयो

मिलन के हो ??
मुटु जोडे पछी थाहा भयो

      माया के हो ??
 
 तिम्ले साथ दिंदा थाहा भयो

बिछोड के हो ??
उनले छोडे पछी थाहा भयो
खुसि के हो ??
तिमि हाँसे पछि थाहा भयो
आँसु के हो ?




















आँखा बाट झरे पछि थाहा भयो



धोका के हो ??
विश्वास गर्दा थाहा भयो
चाहना के हो ??
मनै मरे पछि थाहा भयो
तिरस्कार के हो ?

                                                             आँखा तरे पछि थाहा भयो

 याद के हो ??
टाढा भए पछि थाहा भयो
जिन्दगि के हो ??
जिउँदो लास भएपछि थाहा भयो

 

सोचे जस्तो हुन्न जीवन । -1

                    मान्छेको पिडाहरु मान्छे नै भएर।समेटन पर्ने कस्तो विवस्ता र वाध्यता । यो एउटा कथा मात्र हो।
ब्यथा नै ब्यथाले अल्झाएको ।बास्तबिक्ता रोईरहएको  छ ।समाजभित्र को एउटा कोठा। कोठा भित्र एउटा अध्याँरो कुन्नामा ।  फुलबुटे कपडाले ढकमक्क छोपिएको एउटा ब्यथा ।  गुम्सीएर  उम्लीरहेको   ज्वारभाटहरु।
आगोका लप्काहरु ।खरानी पनि बन्न नसकेको।आधा अर्धकल्चा ज्यानहरु।भनु भने पनि अवतारहरु। अर्काका जालमा परेका हरु ।बलियो जकडबाट फुतकीने।प्रयास गरीरहएकाहरु।मौकाको खोजीमा बसेकाहरु।भावना हो उम्लन्छ।लेख्न मन लाग्छ लेखिन्छ।एउटा कथा एउटा ब्यथा।एउटा ब्यथा भित्रको धेरै कुराहरु।अनि लेखिएका शब्दहरु।हेर्दा एउटा मानछे को कथा।तर कथा भित्र धेरैको ब्यथा ।आत्म शान्तिको निमीत।प्रतिक्षामा जिवन बिताईरहेका हरु।आमुक ब्यथा बोकेका मान्छेहरु।विवस र बाध्यताले पिलसिएर।मृत्यू पर्खिबसेका मान्छेहरु वास्तविक्ता बाट पर।कल्पनाको संसार जस्तै सोच्दै नसोचेका दःखले पिरोलेको हुन्छ। अत्याईरहेको हुन्छ पिरले तिरस्कार अनि बहिस्कार रोदन खल्बली सुख आन्नदकोभने र कता कता कुन कुनामा।जीवनले खोज्नै सक्दैन एउटा मान्छेको पिर जस्को महत्वनै हुदैन्न। एउटा विक्षिप्त जीवन अन्तय चाहदाचाहदैं पनि अन्त्य हुन नसकेको। यस्तो पनि हुदोरहेछ । संसारकोकुनै कुनामा नाटक मञ्चन भईरहेछ। जन्मेपछी नमरेसम्म दुःख रपिडाहरु अँगालेर जिवन धान्नु पर्ने। यो कस्तो जीवन ।
                                                                               वास्तवमा  सोचे जस्तो हुन्न रहेछ जीवन ।
 

सोचे जस्तो हुन्न जीवन -2

                               अत्यासलाग्दो जिन्दगी बोकेर बसेथ्थे । त्यो बेलामा मर्नु र बाँच्नु दोधारमा थियो । किनारा खोज्दै हैरान । तडपिरहेको जीवन मेरो मैले थाह पाउन सकिन्न । के थियो तिमीमा मैले चाहेर पनि तिमीलाई मेरो मनको कुरा खोल्न सकिन्न । बेबारीसे लास जस्तै हुन परेको थियो । नटेक्ने ठाउँ न समाउने ठाउँ केहि थिएन । मेरो लागी क्षत्बिक्षत टुक्रीएको मुटु बोकेर मैले साहाराको खोजीमा भौतारिनु पथ्र्यो । मैले सोचे पनि मैले भन्ने पनि ठुलै आँट गरेथ्थे । त्यो बेलामा डर थियो । तिम्रो नकारात्माक जवाफ आउँछ कि भनेर भित्रैबाट डर लागेर आयो , भन्ने साहास् गर्न सकिन बरु यो संसारलाई छोड्न तयार भए । के थियो ? तिमीमा त्यो बेला मैले चाहेर पनि मनको कुरा खोल्न सकिन ।
                    यसरी एक्कासी मर्छु भनेर के गर्नु ? काल आए पो । के के भोग्न लेखिएको छ जिवन यात्रामा कस्लाई के थाह ? मान्छेले आफ्नो जिवनलाई कसरी सरल यन्त्र बनाउँन पर्छ ।आफ्ना दिनचर्याहरु कसरी अनुशासित बनाउँन पर्छ । होस गरेर समस्यानै समस्याको खात बाट साँझ बिहान दिन रात ओल्टे कोल्टे फेर्दै पिल्सीएर मौन भएर सामना गर्नु पर्छ जीवनले ।
                                             वास्तवमा सोचे जस्तो हुन्न रहेछ जीवन

आखिर घाईते बनायो

चोखो मुटु लुटी आखिर घाईते ,बनायो
बगेका यी आँसुसंगै उत्सव,मनायो
खाएका ति बाचा कसम एकाएक तोडी
मलाई खराब आफुलाई असल जनायो
फकाउदै मिठो बात मा लुट्दै सर खुशी
मुटु भित्र तिखो छुरा आखिर हनायो

सारा चिनो प्रेमको निसानी लाई मेटाउन
पत्रको त्यो खात हरु सबै खनायो