अत्यासलाग्दो जिन्दगी बोकेर बसेथ्थे । त्यो बेलामा मर्नु र बाँच्नु दोधारमा थियो । किनारा खोज्दै हैरान । तडपिरहेको जीवन मेरो मैले थाह पाउन सकिन्न । के थियो तिमीमा मैले चाहेर पनि तिमीलाई मेरो मनको कुरा खोल्न सकिन्न । बेबारीसे लास जस्तै हुन परेको थियो । नटेक्ने ठाउँ न समाउने ठाउँ केहि थिएन । मेरो लागी क्षत्बिक्षत टुक्रीएको मुटु बोकेर मैले साहाराको खोजीमा भौतारिनु पथ्र्यो । मैले सोचे पनि मैले भन्ने पनि ठुलै आँट गरेथ्थे । त्यो बेलामा डर थियो । तिम्रो नकारात्माक जवाफ आउँछ कि भनेर भित्रैबाट डर लागेर आयो , भन्ने साहास् गर्न सकिन बरु यो संसारलाई छोड्न तयार भए । के थियो ? तिमीमा त्यो बेला मैले चाहेर पनि मनको कुरा खोल्न सकिन ।
यसरी एक्कासी मर्छु भनेर के गर्नु ? काल आए पो । के के भोग्न लेखिएको छ जिवन यात्रामा कस्लाई के थाह ? मान्छेले आफ्नो जिवनलाई कसरी सरल यन्त्र बनाउँन पर्छ ।आफ्ना दिनचर्याहरु कसरी अनुशासित बनाउँन पर्छ । होस गरेर समस्यानै समस्याको खात बाट साँझ बिहान दिन रात ओल्टे कोल्टे फेर्दै पिल्सीएर मौन भएर सामना गर्नु पर्छ जीवनले ।
वास्तवमा सोचे जस्तो हुन्न रहेछ जीवन