सोचे जस्तो हुन्न जीवन

Sunday, September 1, 2013

this is Love Today.........


 माया प्रस्तुत गर्न कुनै अप्ठ्यारो छैन। इमेल वा च्याटिङ गरेर मायाको सन्देश पठायो, भैहाल्यो माया। यद्यपि माया गरिँदैन आफैं हुन्छ भनिन्छ। अहिले लैला-मजनु, रोमियो-जुलियटजस्ता एक-अर्कामा समर्पित जोडी कहाँ पाउनु ? जसले आफ्नो प्रेमका लागि ज्यानै दिए। यस्ता कुरा अहिलेको पुस्ताले सुने हावाको कुरा मान्नसक्छन्। प्रेममा समर्पण उनीहरूलाई फिक्का अर्थहीन लाग्छ। त्यसलाई उनीहरू मूर्खता ...मान्छन्- जसले आफ्नो मायाका लागि ज्यान दिए, लामो-लामो चिठी लेखेर समय बर्बाद गरे। भेटका लागि धेरै प्रयास गरे। उत्तिबेला भेट्न गार्‍हो, भेटे पनि कुरा गर्न अप्ठ्यारो। वर्तमानमा भने युवा होस् वा युवती भेट हुन पाएको छैन, निसंकोच माया व्यक्त गरिहाल्छन्।
इन्टरनेटको चक्रब्युहमा परेका युवाहरू हिजोआज फेसबुक र हाइफाइभमा आफ्नो माया व्यक्त गर्न थालेका छन्। उनीहरूमा केही संकोच छैन, जसले पढे पनि हुने। ब्लगमा जे मनमा आयो त्यही लेख्यो। नेटबाट एसएमएस कपी गर्‍यो अनि तुरुन्त अरूलाई पठायो। भए हुन्छ नभए सन्च भनेझैं छ अहिलेको प्रेम। मन पराएका मान्छेलाई फूल पठाउनु र रगतले लेखेको चिठी पठाउनु पूरै बेबकुफी बन्दै गएको छ। आधुनिक भावनामा गरिने प्रेममा आईलभयू लेखेर एसएमएस पठाए भैहाल्छ, जस्तोसुकै रेस्पोन्स आओस् मतलब छैन।