सोचे जस्तो हुन्न जीवन

Sunday, September 1, 2013

प्रेमको कुनै प्रमाण दिन सक्दिन

साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन
माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ
बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै
टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया ।
त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज ।
मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ । प्रिय म के भन्न चाहन्छु
भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै
जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले
सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के
भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन,
शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई
माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन ।
तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म
भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने
विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न
चाहन्न ।