थाकेको छ नजर आज
तिम्रो प्रतिक्षामा
सुनसान छ यो सहर आज
तिम्रो प्रतिक्षामा
एक एक थोपा गर्दै
रित्तिगयो जिन्दगी
सागर भयो बगर आज
तिम्रो प्रतिक्षामा
चिथोरिराछ छाती,
दुखाईराछ आफैलाई
राक्षस भैगयो नर
आज तिम्रो प्रतिक्षामा
नत खान्छ भोकमा,
नत शरिर ढाकेको छ
कांपिरहेछ थर्थर
आज तिम्रो प्रतिक्षामा
म को हुं? कहां छु?
हालत के छ कुन्नि?
आफ्नै छैन खबर
आज तिम्रो प्रतिक्षामा
तिम्रो प्रतिक्षामा
सुनसान छ यो सहर आज
तिम्रो प्रतिक्षामा
एक एक थोपा गर्दै
रित्तिगयो जिन्दगी
सागर भयो बगर आज
तिम्रो प्रतिक्षामा
चिथोरिराछ छाती,
दुखाईराछ आफैलाई
राक्षस भैगयो नर
आज तिम्रो प्रतिक्षामा
नत खान्छ भोकमा,
नत शरिर ढाकेको छ
कांपिरहेछ थर्थर
आज तिम्रो प्रतिक्षामा
म को हुं? कहां छु?
हालत के छ कुन्नि?
आफ्नै छैन खबर
आज तिम्रो प्रतिक्षामा