सोचे जस्तो हुन्न जीवन

Monday, September 2, 2013

बिछोड भए पछि

के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट
आशु झारिदियौ
के थियो तिमीमा आखिर
संसार जित्न पुगे मैले
त्यस्तै रहेछ मायाको खेल
मुटु नै नभएको पाए मैले
सधै बोलचालमा माया पाएछु
माया होईन भ्रममा फसेछु ,
   
   

                                                     माया गर्छु भनि प्रस्ताव राख्दा 
असल साथि गुमाउन पुगेछु ।।
बिछोड देख्न नसकी प्रिय
बिदाईको हात हल्लाउन आइन
फर्कने निधो नगरी हिडे प्रिय
दुस्ख लाग्दै छ भेट्न  पाइन
के थियो तिमीमा आखिर
 चाहेर पनि घृणा गर्न सकिन
सात  रङ्गिन संसार मा आएरपनि
किन तिमी प्रति माया मार्न सकिन
के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट
आशु झारिदियौ

जति भेट भयो आखिर
त्यति माया बड्दो रहेछ
बिछोड भए पछि आखिर
यो मुटु पनि दुंङ्गा बन्दोरहेछ
यत्रो समयको पर्खाई पछि
लाग्यो मिलनको दिन आईपु्ग्यो भनेर

माया रुपी अंकमाल सोचेको थिए
 मिलनको दिन एकदिन आउछ भनेर
आखिर सपना नै भए ती सबै
बिछोड (बिछोड नै भईदियो,
माया गर्छु भनि मुखले तिमिले
आखिर मलाई छोडि अनत्यौगईदियौ

Sunday, September 1, 2013

तिम्रौ लागि

  जित्छु भन्यौ तिमिले हाँसी हाँसी हारी दिए
 छोड्नु भन्यौ तिमिले डेरा अन्तै सारी दिए

 तिमिलाई खुसी राख्न हर प्रयास गर्दा गर्दै 
मन्को सारा इच्क्षाहरु तिम्रैलागी मारी दिए

के थियो उन्मा त्यस्तो मैले दिन नसकिने 
नाता हाम्रो खारभन्यौ त्योपनी खारि दिए 

फेरी सोध्यौ मलाई कस्तो छ तिम्लाई भनी 
खुसीका साथ बाचिराछु भनी एसै टारी दिए 

यस्तो लाग्छ अझै पनी तिमी नैछौ वरिपरी 
भुल्छु भनी आँखाबाट आँसु बनाइ झारी दिए 

छाडी गएउ एक्लो बनाएर यो दुनियामा 
तिम्रो याद अगालेर पागलसरि बाची दिए 

नुन बिनाको तरकारी भो त्यसलाई पनि फाली दिए 
भुल भनौ तिम्मले मलाई मैले पनि भुलि दिए 
                                                      सन्देश जि.सी.

आँशु दिन्न रुनुपर्छ मैले।।

यो मुटु माग संसार दिन्छु
, आँशु दिन्न रुनुपर्छ मैले।।
धडकन माग प्यार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
मरिदिउँला तिम्रो खातिर,
जुगौँ जुग बाँच्नु तिमी
तिमी जिउने आधार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
शिशिर जती मेरै भागमा,
वसन्तको मुना तिमीलाई
फुलै फुलको बहार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
छाहरी खोजौली तिमीले,
हिँड्दा कतै थाक्यौ भने
मेरै मनको संघार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।
कसम तिमीलाई
यि आँखामा राखेको छु,
मनमा सजाउँछु
मेरै मनको संघार दिन्छु,
आँशु दिन्न रुनुपर्छ मैले।।

बल्ल थाहा पाएँ

छिनमै आँशु पुस्तै
हाँसिरहेछु म यहाँ
टुक्रिएका आशाहरु
गाँसीरहेछु यहाँ म
सपनाबाट बिस्तारै
बिपनामा सर्दोरहेछु
हो आज बल्ल थाहा
पाएँ म तिमीलाई
चोखो माया गर्दोरहेछु
समर्पणका कहानी
सम्झँदा छाती फुलेर
आउँछ सन्तोषले फेरी
तिरस्कारका कहाली
सम्झँदा मुटु जलेर आउँछ
आक्रोशले क्षणभरमै
मायैमायाले आक्रोशलाई
मार्दोरहेछु हो
आज बल्ल थाहा पाएँ
म तिमीलाई चोखो माया
गर्दोरहेछु अरु केहि चाहिन्नथ्यो
तिम्रै स्पर्श प्यारो लाग्थ्यो
एकै पललाई भएपनि
छुट्टिन लाइ गाह्रो लाग्थ्यो
आजको यो बियोग सम्झी
आँशुहरु झार्दोरहेछु हो
आज बल्ल थाहा पाएँ
म तिमीलाई
चोखो माया गर्दोरहेछु

तिम्रो प्रतिक्षामा

थाकेको छ नजर आज
 तिम्रो प्रतिक्षामा
सुनसान छ यो सहर आज
 तिम्रो प्रतिक्षामा
एक एक थोपा गर्दै
 रित्तिगयो जिन्दगी
सागर भयो बगर आज
 तिम्रो प्रतिक्षामा
चिथोरिराछ छाती,
दुखाईराछ आफैलाई
राक्षस भैगयो नर
आज तिम्रो प्रतिक्षामा
नत खान्छ भोकमा,
नत शरिर ढाकेको छ
कांपिरहेछ थर्थर
आज तिम्रो प्रतिक्षामा
म को हुं? कहां छु?
 हालत के छ कुन्नि?
आफ्नै छैन खबर
आज तिम्रो प्रतिक्षामा

प्रेमको कुनै प्रमाण दिन सक्दिन

साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन
माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ
बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै
टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया ।
त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज ।
मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ । प्रिय म के भन्न चाहन्छु
भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै
जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले
सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के
भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन,
शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई
माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन ।
तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म
भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने
विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न
चाहन्न ।

केहि हुदैन रहेछ

आफुले चाहे जस्तो कहिलै केहि हुदैन रहेछ ! मैले पनि धेरै कुराहरु कोही बाट
चाहे तर खै त्यो पाउन सकिन तिमीलाई मैले मेरो सबै थोक सम्झे तर खै तिमीले
मलाई केसम्झेकी छौ ? त्योता मजान्दिन सायेद हुन सक्छ तिमी पनि मलाई
मैले भन्दा धेरै चाहन्छौँ ! तर जुन चाहना तिम्रो मनमा छ त्यो मलाई कहिलै.................................................................................................................................................................................................?