सोचे जस्तो हुन्न जीवन

Sunday, September 1, 2013

बल्ल थाहा पाएँ

छिनमै आँशु पुस्तै
हाँसिरहेछु म यहाँ
टुक्रिएका आशाहरु
गाँसीरहेछु यहाँ म
सपनाबाट बिस्तारै
बिपनामा सर्दोरहेछु
हो आज बल्ल थाहा
पाएँ म तिमीलाई
चोखो माया गर्दोरहेछु
समर्पणका कहानी
सम्झँदा छाती फुलेर
आउँछ सन्तोषले फेरी
तिरस्कारका कहाली
सम्झँदा मुटु जलेर आउँछ
आक्रोशले क्षणभरमै
मायैमायाले आक्रोशलाई
मार्दोरहेछु हो
आज बल्ल थाहा पाएँ
म तिमीलाई चोखो माया
गर्दोरहेछु अरु केहि चाहिन्नथ्यो
तिम्रै स्पर्श प्यारो लाग्थ्यो
एकै पललाई भएपनि
छुट्टिन लाइ गाह्रो लाग्थ्यो
आजको यो बियोग सम्झी
आँशुहरु झार्दोरहेछु हो
आज बल्ल थाहा पाएँ
म तिमीलाई
चोखो माया गर्दोरहेछु

तिम्रो प्रतिक्षामा

थाकेको छ नजर आज
 तिम्रो प्रतिक्षामा
सुनसान छ यो सहर आज
 तिम्रो प्रतिक्षामा
एक एक थोपा गर्दै
 रित्तिगयो जिन्दगी
सागर भयो बगर आज
 तिम्रो प्रतिक्षामा
चिथोरिराछ छाती,
दुखाईराछ आफैलाई
राक्षस भैगयो नर
आज तिम्रो प्रतिक्षामा
नत खान्छ भोकमा,
नत शरिर ढाकेको छ
कांपिरहेछ थर्थर
आज तिम्रो प्रतिक्षामा
म को हुं? कहां छु?
 हालत के छ कुन्नि?
आफ्नै छैन खबर
आज तिम्रो प्रतिक्षामा

प्रेमको कुनै प्रमाण दिन सक्दिन

साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन
माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ
बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै
टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया ।
त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज ।
मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ । प्रिय म के भन्न चाहन्छु
भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै
जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले
सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के
भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन,
शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई
माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन ।
तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म
भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने
विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न
चाहन्न ।

केहि हुदैन रहेछ

आफुले चाहे जस्तो कहिलै केहि हुदैन रहेछ ! मैले पनि धेरै कुराहरु कोही बाट
चाहे तर खै त्यो पाउन सकिन तिमीलाई मैले मेरो सबै थोक सम्झे तर खै तिमीले
मलाई केसम्झेकी छौ ? त्योता मजान्दिन सायेद हुन सक्छ तिमी पनि मलाई
मैले भन्दा धेरै चाहन्छौँ ! तर जुन चाहना तिम्रो मनमा छ त्यो मलाई कहिलै.................................................................................................................................................................................................?

जिन्दगीलेधोका दियो "



देख्दै छूं म जून पनि,
 कता कता वैले जस्तो.
सुन्यता र छटपटी भो
,लाग्दैन क्यै पैले जस्तो.
कता कता त्रास भर्छ ,
चयन झर्छ घरि घरि.
आखाँहरु झरिरन्छन्
,गोरेटो कै वरी परि /.

जूनकिरी बत्ती बाली
,तिमी खोजे जस्तो देख्छु.
निस्तब्ध यो रात कतै
तिमी बोले जस्तो सुन्छु.
पालिबाट चियाउछु
 ,आउँदै छौ कि कतै भनि....
झुल्कदैनौ तिमी फेरि
,उराठ बन्छ रात अनि /.

दूरतामा बाँसुरीको धून
सुन्छु घरि घरि.
बिरहमा मेरै जस्तो
 बजायो कि कठैवरी

प्रेम किन असफल हुन्छ ?

प्रेम किन असफल हुन्छ
 
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको अन्त्य हुँदैन, प्रेम ले आफैलाई कसैमाथि जबरजस्ती गर्दैन । त्यसैले प्र...ेमको अर्थ एउटा गुण हो । प्रेम, चरित्र, व्यक्तित्वको एउटा भित्री पक्ष हो । प्रेम पवित्रता, धार्मिकता, न्याय अथवा क्रोधमा पनि कुनै पनि अर्थमा नमिल्दो हुँदैन । त्यसैले प्रेमले बिहे अगाडी पछाडी केही पनि प्रवा गर्दैन.........यदि त्यो प्रेमको नाम दिएर भित्री स्वार्थी लुकेको छनै भनेदेखी..

  ?प्रेममा परिवर्तनको क्षमता हुन्छ। भौतिक होइन आत्मिक अनुभव हो प्रेम। प्रेमको न कुनै सीमा हुन्छ न समय र भूगोल। प्रेम जुनसुकै बेला जोसँग पनि हुनसक्छ। प्रेम कसैसँग चाहना गरेर हुदैन मानिसको आनिबानी व्यक्तित्व आदिले कसैलाई मोहित गरेर वा भावनामा डुबेर प्रेम हुन्छ। मानिसलाई यो धर्तीमा शान्ति र अहम बिनानै बाँच्न र सुन्दर जीवनको कल्पना गर्न प्रेमले नै सिकाउँछ। प्रेममा त्यस्तो शक्ति हुन्छ जसले जीवन निर्वाहका लागि अमृतको काम गर्छ। एक अर्काबीचमा विश्वास अनि भावनात्मक सम्बन्ध रह्यो भने प्रेम सफल हुन्छ। कसैको बाहिरी बनावटले आकर्षण गरेर प्रेम भयो भन्नु मुर्खता सिवाए केही होइन। मस्तिष्कको अनुरोध अनि मनको चाहनाबाट उत्पन्न भावना नै प्रेम हो।

कसैको यौवन वा जवानीको मोहमा परेर उसको यौन तृष्णा मेटाउन गरिने केही दिनको काल्पनिक नाटकलाई प्रेम भन्न मिल्दैन। शारीरिक आकर्षकलाई केन्द्रमा राखेर देखासिखि मानसिकताले उत्प्रेरित भएर प्रेम गर्ने हो भने त्यो प्रेम सफल हुँदैन। युवा- युवतीबीचको शारीरिक आकर्षकले केही दिन सम्बन्ध सुमधुर भए पनि बिस्तारै खटपट उत्पन्न हुन थाल्छ।

प्रेम असफल हुनुको अर्को कारण एक अर्कामा वैचारिक मतभेद हुनु हो। घरपरिवार आफन्त र समाजको रितिरिवाज मर्यादा एवं संस्कारको ख्याल नगरी गरिएको प्रेम असफल हुन्छ। कुनै समयमा प्रेम सार्वजनिक भएपछि समाजले स्वीकार नगर्ने अवस्थामा प्रेमबाट अलग हुन सक्ने गरी सम्बन्ध बढाउनुनै उचित हुन्छ। प्रेमी-प्रेमिकाले एक अर्कालाई गुमाउँदा कुनै अप्रिय दुर्घटना नहुने गरी प्रेम गर्नुपर्छ। प्रेम दुवै जनाको मनैदे खि उत्पन्न हुनुपर्छ तब मात्र प्रेमी र प्रेमीकाको सम्बन्ध सुमधुर हुन्छ।

एकतर्फी प्रेमले दुवै जनाको सम्बन्ध सुमधुर हुन्छ भन्न सकिँदैन। आत्मादेखि नै गरिएको चाहना नै प्रेम हो।
आफूले रोजेको मानिससँग सम्बन्ध बिग्रिए पछि, मनको कुरा खोल्न नपाई अर्कोबाटो रोजेका कारण वा प्रेममा असन्तुष्ट भएर प्रेमी वा प्रेमीकाले आत्महत्या वा दुव्र्यसनको बाटो समात्छन्। प्रेमका कारण बीचैमा पढाइ छाड्नेहरू पनि उत्तिकै छन्। भनिन्छ- प्रेम सञ्जीवनी बुटी हो जसलाई चिन्न र ग्रहण गर्नसके यसले जीवनलाई सुन्दर बनाउनुका साथै जीवन-निर्वाहमा अमृतको काम गर्छ, तसर्थ प्रेमी-प्रेमीकाले प्रेमबाट धेरै अपेक्षा नराखी सम्बन्ध बढाउनु नै उपयुक्त हुन्छ।

हजुर

मुटु भित्र अनगिन्ति,
 चोट भाको मान्छे हजुर !
जन्मदा नै दु:ख सँग

, मित लाको मान्छे हजुर !!
दोष दिन्न दैबलाइ,

 ब्यथा किन दियौ भनि
को नै छ र ? चाहे जती,

 सबै पाको मान्छे हजुर !
आफु जती दुखे पनि,

 दुखाउदिन अरुलाइ !
आउँदा नै जाने पनि,

 कसम खाको मान्छे हजुर !
सहि दिन्छु चोट हरु,

बाँचिदिन्छु जसो तसो !
भत्किए थ्यो दिलको छानो,

 फेरी छाको मान्छे हजुर !
सुकि सक्यो गला मेरो

, भयो केहि बोल्दिन म !
बिरहका गित हिजो,

 धेरै गाको मान्छे हजुर !