प्रेम किन असफल हुन्छ
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको अन्त्य हुँदैन, प्रेम ले आफैलाई कसैमाथि जबरजस्ती गर्दैन । त्यसैले प्र...ेमको अर्थ एउटा गुण हो । प्रेम, चरित्र, व्यक्तित्वको एउटा भित्री पक्ष हो । प्रेम पवित्रता, धार्मिकता, न्याय अथवा क्रोधमा पनि कुनै पनि अर्थमा नमिल्दो हुँदैन । त्यसैले प्रेमले बिहे अगाडी पछाडी केही पनि प्रवा गर्दैन.........यदि त्यो प्रेमको नाम दिएर भित्री स्वार्थी लुकेको छनै भनेदेखी..
?प्रेममा परिवर्तनको क्षमता हुन्छ। भौतिक होइन आत्मिक अनुभव हो प्रेम। प्रेमको न कुनै सीमा हुन्छ न समय र भूगोल। प्रेम जुनसुकै बेला जोसँग पनि हुनसक्छ। प्रेम कसैसँग चाहना गरेर हुदैन मानिसको आनिबानी व्यक्तित्व आदिले कसैलाई मोहित गरेर वा भावनामा डुबेर प्रेम हुन्छ। मानिसलाई यो धर्तीमा शान्ति र अहम बिनानै बाँच्न र सुन्दर जीवनको कल्पना गर्न प्रेमले नै सिकाउँछ। प्रेममा त्यस्तो शक्ति हुन्छ जसले जीवन निर्वाहका लागि अमृतको काम गर्छ। एक अर्काबीचमा विश्वास अनि भावनात्मक सम्बन्ध रह्यो भने प्रेम सफल हुन्छ। कसैको बाहिरी बनावटले आकर्षण गरेर प्रेम भयो भन्नु मुर्खता सिवाए केही होइन। मस्तिष्कको अनुरोध अनि मनको चाहनाबाट उत्पन्न भावना नै प्रेम हो।
कसैको यौवन वा जवानीको मोहमा परेर उसको यौन तृष्णा मेटाउन गरिने केही दिनको काल्पनिक नाटकलाई प्रेम भन्न मिल्दैन। शारीरिक आकर्षकलाई केन्द्रमा राखेर देखासिखि मानसिकताले उत्प्रेरित भएर प्रेम गर्ने हो भने त्यो प्रेम सफल हुँदैन। युवा- युवतीबीचको शारीरिक आकर्षकले केही दिन सम्बन्ध सुमधुर भए पनि बिस्तारै खटपट उत्पन्न हुन थाल्छ।
प्रेम असफल हुनुको अर्को कारण एक अर्कामा वैचारिक मतभेद हुनु हो। घरपरिवार आफन्त र समाजको रितिरिवाज मर्यादा एवं संस्कारको ख्याल नगरी गरिएको प्रेम असफल हुन्छ। कुनै समयमा प्रेम सार्वजनिक भएपछि समाजले स्वीकार नगर्ने अवस्थामा प्रेमबाट अलग हुन सक्ने गरी सम्बन्ध बढाउनुनै उचित हुन्छ। प्रेमी-प्रेमिकाले एक अर्कालाई गुमाउँदा कुनै अप्रिय दुर्घटना नहुने गरी प्रेम गर्नुपर्छ। प्रेम दुवै जनाको मनैदे खि उत्पन्न हुनुपर्छ तब मात्र प्रेमी र प्रेमीकाको सम्बन्ध सुमधुर हुन्छ।
एकतर्फी प्रेमले दुवै जनाको सम्बन्ध सुमधुर हुन्छ भन्न सकिँदैन। आत्मादेखि नै गरिएको चाहना नै प्रेम हो।
आफूले रोजेको मानिससँग सम्बन्ध बिग्रिए पछि, मनको कुरा खोल्न नपाई अर्कोबाटो रोजेका कारण वा प्रेममा असन्तुष्ट भएर प्रेमी वा प्रेमीकाले आत्महत्या वा दुव्र्यसनको बाटो समात्छन्। प्रेमका कारण बीचैमा पढाइ छाड्नेहरू पनि उत्तिकै छन्। भनिन्छ- प्रेम सञ्जीवनी बुटी हो जसलाई चिन्न र ग्रहण गर्नसके यसले जीवनलाई सुन्दर बनाउनुका साथै जीवन-निर्वाहमा अमृतको काम गर्छ, तसर्थ प्रेमी-प्रेमीकाले प्रेमबाट धेरै अपेक्षा नराखी सम्बन्ध बढाउनु नै उपयुक्त हुन्छ।