जीवनको रङगमञ्चमा सबैले हिड्नुपर्छ समय सधै एक नासको हुँदैन्न दिनमा घाम र रातमा जुन लाग्ने क्रमत प्रकृतिको नियम हो तर कहिले बाँदल हुरी बतास सँगसँगै पानि पनि नकराईकन ओईरीन सक्छ । पछिको कुरा कसैले देखेको हुँदैन्न हरेक ब्यतिहरुको जीवनको आरोह अबरोह बिच माया प्रेम , सुख दुःख हासखेल एक पछि अर्को क्रममै सँग आउने गर्दछ । मेरो जीवनको यात्रामा पनि यस्तैै हुँदै गईरहेको थियो हाँसो खुसी र दुःख पिडा एक पछि अर्को गर्दै क्रममै सँग आईरहेको थियो । तर के गर्नु जस्तो सुकै समस्या र आपतबिपत आईपरेपनि मनलाई दरो बनाई सामना गर्नु पर्दो रहेछ । जीवन एउटा अलैकिक प्रेम हो तर सिमरनले बुझीन्न । कसरी सच्चा हृदयमा डुबेर प्रेमको आनन्द लिन्ने भन्ने कुरा उनले बुझन्न चाहिन । म सोचने गर्थे जीबन एउटा खेल हो कहिले हारीन्छ त कहिले जितीन्छ । जीवन यस्तै एउटा निश्चित चक्रमा घुमीरहेको हुन्छ । हार पछि जित त अबश्य आउछ तर त्यो जितको प्रतिक्षा गर्ने सार्मथ्य अब ममा बाँकी थिएन । जित हुन्ने आँशा मैले मारीसकेकोृ थिए । अबको प्रत्यक पल म सिमरनलाई भुल्ने कोसीस गर्ने प्रयन्तन गर्दै अगाडी बढ्दै थिए । तर के गर्नु मुखले भनेझै नहुदोरहेछ । यो मनले बिर्सने कुरा कहिले पनि गरेन के गर्ने के नगर्ने प्रत्यक क्षण उनको सम्झनाले सताई राखथ्यो । किन मलाई मात्र यस्तो हुन्छ के यो दुनियामा मैलेमात्र माया लगाएको हो ? म यस्तै पिडाले ओतपोत भएको जीवन बिताउनको लागी जन्म लिएर आएको हो ? मनमा यस्ता कयौ कुराहरुले डेरा जमाई राखथ्यो । अब त मलाई यस्तो लाग्न थालीसकेको थियो । संसारमा भएभरको दुःख , पिडा र जलनहरु मेरै भाग्यमा परेको छ त्यसलाई मैले सामना गर्न सक्नुपर्छ । अब मैलेपनि काँडैकाँडा बिच फुलेको गुलाबले झै सुवास छर्नुपर्छ मैन बतिले आफु जलेर सिधिन्छु भन्ने कुरा थाहा हँुदा हँदैपनि उज्यालो दिएझै मैले पनि अरुलाई हासो र खुसी दिन सक्नुपर्छ अरुको खुसीमा म पनि खुसी हुन्न सिकन्नु पर्छ यस्ता सयौं कुराको आभास हुँदै आएपछि केही खुसी हुने प्रयास गर्न थाले । मनका हरेक पिडाहरुलाई सँगै लिएर कसरी खुसी हुन्न सकिनथ्यो र बार बार उहि सिमरनको सम्झनाले सताईरहनथ्यो । सिमरनले मेरो साथ छोडेपनि मेरो मनले उनको साथ कहीले पनि छोडे्न । हरक्षण हरपल उनको सम्झन्नाले मेरो प्रत्यक पाईला पाईलामा सहयात्री भएर बसीरहयो । यसरी मैले आफ्नो जीवनको यात्राहरुलाई समयको गतीसँगै परिवर्तन गर्न पटक पटक प्रयास गरीराख्य तर मैले त्यसमा कहीले पनि सफलता पाउँन सकिन्न । मेरो हरेक दिनहरु उनकै सम्झनामा बितन्ने गथ्र्यो । एक दिन म सिमरनलाई सम्झीएर उनको बारेमा मनमा अनेक कुराहरु सोचीरहेको थिए । यतिकैमा मेरो मोबाईलमा फोन आएको संकेतले मोबाईलको रिङटोन बज्यो तर फोन भने हईन कसैले मिसकल गरेको रहेछ । नम्बर नँया थियो नचिन्को नम्बर भएको कारणले मैले त्यति वास्था गरीन त्यसको केहीबेर पछि पुण उहि नम्बरबाट मिसकल आयो यसरी धेरै पटक मिसकल आएपछि मैले पुण त्यही नम्बरलाई रिडायल गरे फोन पनि लाग्यो उता बाट फोन रिसिभ भयो फोनमा कुनै अपरिचित व्यतिको आवाज सुनियो मैले को हो भनेर छुटाउँन सकिन्न किनकी मैले त्यो आवाज आज भन्दा अगाडी कहिले पनि सुन्नेकै थिएन । हामी बिच केही कुराहरु भए एकअर्काको परिचर्य सँगै केहि पारीवारीक कुराहरु भयो । कुरागर्ने क्रममा उनले साथि बन्ने पस्ताब राखिन्न मैले पनि उनको पस्ताबलाई स्वीकार गरीदिए हामी बिच त्यतिबेला यस्तै यस्तै एकअर्कालाई चिनाउँने आफ्रनो केही जानकारी मुलक कुराहरु भयो । मलाई त्यतिबेला थाहा भयो उनको नाम समिक्षा अनि घर चै हेटैडा रहेछ । हामीले त्यतिबेला १० मिनेटसम्म फोनमा कुरा गरेछौ त्यसपछि हामीले फोनबाट बिदा लिएउ । यसरी उनी अर्थात समिक्षा र म बिच प्रत्यक दिन जसो फोनमा कुराकानि हुन्न थालिसकेको थियो । जब मलाई सिमरनको यादले सताउँन थालथ्यो अनि मन भुलाउँने बाहानाले म समिक्षालाई फोन गर्थे उनलाई फोन गर्दा त मन केहि भुलेझै लागथ्यो उनको त्यो सुमधुर कोईलीको झै मिठो बोली अनि उनले भनेको भाबुकमए प्रेमिक शब्दहरुले मलाई केहिक्षण सिमरनको यादहरु भुलाउँने सारथि बन्दथ्यो । यसरी एउटालाई भुलन्ने क्रममा अर्को व्यतिसँग नजिक हुँदैछु भन्ने कुराको मलाई केहि थाहा पत्तो भएन । यसरी दिन दिन फोनमा कुराकानि गर्दा गर्दै अब हामी बिच एक अर्कालाई देख्ने चाह बढ्दै गप्यो । यो के भयो किन उनको र मेरो मनले एउटै कुरा गरीरहेको थियो । देख्दै नदेखेको मान्छे प्रति पनि यो मेरो मनले किन प्रेमिक भाब जगाईरहेको थियो थाहा थिएन मलाई । यसरी समिक्षालाई देख्ने चाह दिन दिन भएपछि मैले सामाजिक सञ्जाल फेसबुकको सहयोगलिए । त्यसै सञ्जाल बाट समिक्षा र मेरो फोटो साटासाट भयो । अब हामी बिच फोनको कुराकानि भन्दा बढि फेसबुकमा च्याटबाट कुरा हुन्नथाल्यो । यसरी फेसबुक बाट कुरा गर्दा त सिमरनलाई भुल्न सजिल्लो हुनथ्यो । जब फेसबुकबाट छुटीएर सुत्ने तरखर गर्थे । फेरी उहि निष्टुरी मायाको याद आईहालथ्यो प्रत्यक रातको सपनिमा उनलाईनै देख्थे । हो उही निष्टुरी सिमरनलाई देख्थे । मैले हरेक दिन समिक्षाको साथले भुल्न सफल भएपनि हरेक रातको सपनिले बिर्सीसकेको पलहरुलाई सम्झनामा रुपान्तरण गराईदिनथ्यो । तर के गर्नु हजारौ पिडाहरु सँग लडभिड गरेर आफ्रनो जीवनको गन्तब्यहिन यात्रालाई अगाडी बढाउँदै जानुपर्दो रहेछ । अबत मलाई यस्तो लाग्न थालीसकेको थियो मेरो भाबना र समिक्षाको चाहनापनि धेरै नजिक हुँदै आईरहेको छ । हुने हुनामी तारेर तर्दैन दैबले खेलाएको खेल र भावीले बनाएको जाल जे हुनु छ त्यो त अबश्य हुन्छ भनेझै लागथ्यो । सुनेको थिए मैले देख्खेको हैन लेखखेको चाहीन्छ सायद मेरो भाग्यमा भाबिले माया लेख्खीदिएको छैन रहेछ क्यारे र त मैले सिमरनलाई पाउँन सकिन्न । सोचे जस्तो किन हुनथ्यो , देख्खेको सबै चिज काँहा पाईनथ्यो र लेख्खेको चाहीदोरहेछ । मेरो मनको तर्कसँग प्रसंग मिल्छ मिल्दैन तर मलाई सोच्न बिबश र बाध्य बनाउँछ । मनले सोचेजस्तो र खोजेजस्तो कहाँ हुन्छ र जन्म लिदा भाबिले के लेख्खीदिएको छ त्यो त सबैले भोग्न पर्दोरहेछ । कस्तो अचम्म जीवन एउटा अविरल गतिसँगै हिंड्नपर्ने एउटा प्राहार नसकिंदै अर्को प्रहार सुरु हुने् छटपटी र जलन त मेरो पेवा जतिकै भएको थियो । र म पनि तिनै कुराहरुलाई आत्मसाथ गर्दै भोग्न बाध्य र बिबश थिए ।
बिच बाटोमा कांडा पर्यो टेक्ने मन छैन धोका दिने निष्ठुरीलाई देख्नै मन छैन एका देशको कथा जस्तै भयो हाम्रो माया अधुरो छ कहानि त्यो लेख्नै मन छैन
Friday, October 4, 2013
मेरो कथा भाग ६

Thursday, September 26, 2013
मेरो कथा भाग ५

Monday, September 23, 2013
मेरो कथा भाग ४

Friday, September 20, 2013
मेरो कथा भाग ३
कसम तिमिलाइ कदापि रोक्ने छैन म । तिमि सँग हुदाका ति मयालु यादहरु मलार्इ छोडि, अरु सबै लिएर जाउ । आउने छैन म तिमिलाइ दुखाउनअब तिम्रो जिन्दगिमा । सँगै खएका कसमहरु सँगै देखेका सपनाहरु भताभुंग भएरछरिएका छन । भयो अब बटुल्न कोसिस पनि गर्दिन म, र तिमि पनि नगर । अब बिना लक्क्ष्य बिना सपना र बिना खुसि बाच्नु छ मैले ।। तिमि अब नयाँ लक्ष्य बनाउनु ,नया सपनमा रमाउनु, नयाँ अनि सुखि जिबन ज्युनु । मेरो प्राथना छ भगवन सँग। हो सिमरन तिमिलाइ सदैब खुसि मिलोस, अनि सफ़लता पनि यसरी उनकै सम्झनामा भगवान सँग उनकै सफलता अनि खुसीको कामना गरीरहन्थे उनले मेरो माया मारेपनि मैले माया मार्न सकेको थिएन । म बिना लक्ष्य बिना सपनाको भैसकेको थिए । र पनि यति चै थाहा थियो म समयको गति सँगै अगाडी बढ्नु पर्छ । त्यसैले मैले आफ्रनो जीवनको यात्रालाई पनि त्यहि समयको गति सँगै अगाडी बढाउँदै गए । जुनबेला समिरनले मलाई छोडेर गएको पनि मैहिनौ महिना बितिसकेको थियो । तर पनि मैले उसलाई माया मार्न सकेको थिएन । आखिर सिमरनमा के थियो र मैले माया मार्न सकिन । यस्तै यस्तै कयौकुराहरुले मेरो मन , मस्तिसक , बिचार अनि सोचमा डेरा जमाईसकेको थियो । जस्को माया मार्नको लागी मैले नराम्रो पक्ष हरुलाई अगाल्दै गए कि अब मैले एक हातमा बिएरको बोतल त अर्को हातमा चुरोटका खिल्ली यसरी दिन दिन कुलतमा फस्दै गए । मैले सिमरनलाई भुल्नको लागी बिएर र चुरोटको साहारा लिए तर त्यो पनि सफल हुन सक्केन । मदिराको नसामा पनि उनको नाम मेरो मन , मस्तिसक , बिचार अनि सोचबाट हटाउँन सकिन । यसरी मेरो बिग्रदो अबस्था देखी म मात्र हैन मेरा साथिहरु पनि म भन्दा बढि दुःखी भएको थिए । एकासी मलाई मेरो साथि राजले म सँग भन्यो हेर त आफु त दुःखी छसछस तैले गर्दा हामिलाई पनि कति दुःखी बनाउँछस । अब म सिमरनले तलाई छोड्नुको कारण सबै पत्ता लगाउँछु । उसले मलाई भनेको कुरापनि ठिक लाग्यो । म पनि अब त्यस्तै चाहान्थे । सिमरनले मलाई छोड्नुको कारण के हो । यो कुराको पत्ता लगाउँनु थियो । त्यसको केही दिन पर्छी पूर्ण राजले भन्यो आज त सँग केहि कुरा गर्नु छ आज हामी पशुपतिनाथको मन्दीर जाऊँ अनि उत्तै बसेर कुरा गरौला । हामी खाना खाएर पशुपतिनाथको मन्दीर तिर लाग्यौ । हामी पशुपतिको जङगलमा बसेर कुरा गर्न थाल्यौ राजले कुरा सुरु गप्यो कुरा सिमरन सँग सम्बन्धीत थियो । मलाई त्यति बेला राजले भन्दै गप्यो म सुन्दै गए समय धेरै बितिसकेको थियो हामी कुरा गर्न थालेको पनि ३ घण्टा भएछ । चुरोटको ठुटो बाट निस्केको धुवालाई मुखबाट बाहिर फ्रयालदै राजको भन्दै गरेकाकुरा सुन्दै बसे । त्यतिबेला बल्ल मलाई थाँहा भयो उनले मलाई छोडेको हैनरहेछ । उनी एउटा बाध्यतामा परेर यो सबै कुरा गर्न बाध्य भएकी रहिछीन् । उनले मेरो जीवन बचाँउनको लागी यो सबै गरेको रहेछ । उनको घर परिवारमा हाम्रो सम्बन्धको बारेमा सबै थाहा भएपर्छी उनलाई घरमा बार बार गाली गर्न थालेछन् । उनको बाबुले उनलाई भने गरेको थियो रे तेरो रिदम सँगको सम्बन्ध छोड्ने भए छोड् नत्र तेरो रिदमलाई मारीदिन्छु । यसरी पटक पटक उनको बाबुले उनिमाथि दिएको दबाबको कारण उनले मलाई यसरी एक्लो बनाउँन बाध्य भएकी रहिछीन् । यसरी यो सब कुरा सुन्नेपर्छी मेरो मनले खोई के सोचो के मलाई फेरी
सिमरनलाई फोन गर्न मन लाग्यो । मैले फोन निकाले र सिमरनको नम्बर दबाए फोन त लाग्यो । उताबाट पनि फोन रिसिभ भयो । आज पनि फोनमा सिमरनको हैन सिमरनको ममिको आवाज सुनिया । अब म के गर्ने के अलमलमा परे आजसम्म म सिमरनको ममि सँग बोलेको थिएन । मैले केहि नबोली फोन काटीदिए । नहुने कुरा कहिबाट पनि नहुदोरहेछ । यसरी समयले मात्र हैन म सँग त्यो निष्टुरी भगवानले समेत मेरो खुसी देख्न चाहेन । आखिरमा मैले त्यस्तो के पाप गरेको थिए र । मैले आफ्रनो माया पाउन सकिन ।
Thursday, September 12, 2013
मेरो कथा भाग २
मान्छेको जीबन मा धेरै ईच्छा र आकाङ्क्षाहरु हुन्छन ति ईच्छा र आकाङ्क्षा पुरा गर्नका लागि आफ़्नो घर परिवार, साथि(भाई अनि आफ़न्तहरु सबैलाई बाध्यताबश बिर्सिनुपरेको छ । भेट हुँदा सबैको मनमा हर्षले सिमा नाघ्छ, अनि छुट्टिनुपर्दा सबैलाई नरमाईलो पनको अनुभव हुन्छ ।नरमाईलो हुनुपनि स्वभाविक हो, किनकि छुट्टिएपछि केहि भर हुन्न, भोलि फ़ेरि कहि कतै भेट होला नहोला भन्न सकिन्न किनकि जीबनको कुनै भरोसा नै हुन्न । हो म याँहा त्यँही मेरो कथाको बारेमा भन्दै छु । जस्को नाम आजसम्म पनि मेरो नसा नसामा छ । जुन बेला म घुम्मनको लागि साथिसँग गएको थिय । बाटोमा एकासी उनि सँग भेट भएको थियो । ऊ आफ्नो दिदिको साथमा थिईन । फेरी यो कस्तो अचम्म भयो । ऊनको दिदि त म सँगै पढ्ने साथि हो । त्यसैले मलाई उनिहरुसँग कुरा गर्न कुनै आपत्ति थिएन । हामी कुरा गर्दै अगाडी बढेउ । बिस्तारै बिस्तारै हामी बिच पनि केहि कुराहरु हुन थालो । कुरा गर्दा गर्दै के भयो के एकासी म त ऊनको नाम सोध्न पुगेछु । ऊनले पनि केही लजास्पद पाराले आफ्नो नाम बताईन । हो मलाई बल्ल थाहा भयो ऊनको नाम सिमरन थियो । हो सिमरन । सुन्दा केटाको जस्तो लाग्छ । तर होईन ऊनि त केटी थिईन । यसरी हामी बिच एकअर्काको परिचर्य सँगसँगै अनेक कुराहरु हुदै गयो । तर कुरा भने अनौपचारीक थियो । म केही सोध्थे सिमरन जवाफ दिन्थीं सिमरन केही सोध्थी म जवाफ दिन्थें,

उसको सम्झना बाहेक अरु केही थिएन म सँग केबल थियो त उहि सिमरनको सम्झना
हो उहि सिमरनको सम्झना ।।।
Wednesday, September 11, 2013
मेरो कथा भाग -1
जब म सानो थिए मलाई जुन बेला कुनै कुराको आभास थिएन । र म समयको गति सगैँ अगाडी बढिरहेको थिए र दिन प्रतिदिन समयको गती सँगै केहि अप्ठरा अप्पतारीला जीवन यात्रा गरीरहेको थिय । यी यात्रा हरुमा कतै ठेस लाग्छ कतै ठकर अनि कतै ओराली झर्नपर्ने त कतै उकाली चढ्न । यस्तै यस्तै समस्या हरुलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिए । हो म याहाँ भन्दै छु मेरा कथा मेरा भोगाई हो वास्तविक जीवनका मेरा भोगाईहरु । समय त्यस्तो चिज रहेछ जस्लाई कसैले रोक्न नसक्ने अनि छेक्न पनि । आज मलाई त्यही समयको छालले बगाउँदै बगाउँदै कहिले गाउँघरको पाखा पखेरा अनि कहिले सहरका अपरिचीत ब्यतिसगँको ठक्कर त कहिले आफ्नै साथीभाई र ईस्टमित्र बाट पाएका तुच्छ बचन अनि ब्यबहारको सामना गर्दै समयको गति सगैँ आफ्ना अमुल्य समयलाई अगाडी बढिरहेको थिए । यीनै समयको गतिलाई अबलम्बन गर्दै आफ्ना कार्यहरुपनि अगाडी बढाईरहेको थिए । थाहा थिएन मलाई समयको गतीसगैँ म पनि ठुलो भईसकेछु । हो ठुलो । आज म कक्षा आठमा पढ्ने भएछु । अनि मेरा बिभिन्न शारिरिक तथा मानसिक रुपमा पनि परीर्वतन हुन थालीसकेको थियो ।
वास्तवमा सोचे जस्तो हुन्नरहेछ जीवन । आज म तिनै साथिभाई हरुसँगको साथ भन्दा टाढा हुन पर्ने अबस्था आएको छ । हो यो समय जाली रहेछ । अनि छलकपट पनि । हो हिजोको ती साथिहरु सँग गरेका ती रमाईला कुराकानी अनि हाँसखेल गर्ने समयको अनत्य भएजस्तो लागिरहेको थियो । तर म गलत रहेछु मैले सोच्चे भन्दा फरक भईदियो । मैले त्याँहा तिनै साथिहरु जस्तै साथ र माया दिने साथिहरु पाए । जुन बेला म कक्षा नौ को अध्यन गर्ने क्रममा थिए । तर मैले ती मेरा पहिलेका साथिहरुलाई कहिले पनि बिर्सन सकेको थिएन । र म बेला बेला घर पनि जान्थे । र म घर गएपनि घरमा कहिले बसदिनथे म तिनै साथिहरुको घरमा पुग्थे । र मेरा दिनहरु उनिहरुसँगै बिताउने गर्थे । यिनै जीन्दजीको यात्रा गर्दा गर्दै कति सँग घनिष्ट नाता जोडीयो भने कति सँग छेनिक । हो बेलाबेलामा मेरा साथिहरुले भने गर्थे । याँहा यस्तै हुन्छ के गर्ने कुनबेला कोसँग भेट हुन्छ थाहा नै हुदैन्न । आज मेरो जीबनमा पनि उनिहरुले भने जस्तै भएको छ । यीनै जीवनको यात्रा गर्दा गर्दै मैले पनि धेरै ब्यतिहरुसँग आकस्मिक भेटघाट र चिनजान भएको थियो । यसैक्रममा मेरो त्यो ब्यतिसँग भेट भयो जस्लाई मैले आजसम्म पनि बिर्सन सकेको छैन् । जस्को नाम आज पनि मेरो प्रत्यक मुटुको धड्कन सँग मेरो प्रत्यक नसा नसामा बहगीरहेको छ । हो प्रत्यक मुटुको धड्कन अनि मेरो प्रत्यक नसा नसामा उसकै नाम छ ।
Subscribe to:
Posts (Atom)