सोचे जस्तो हुन्न जीवन

Monday, September 23, 2013

मेरो कथा भाग ४

समय आफ्नै गतिमा अगाडी बढीरहेको थियो । म पनि आफ्ना मनमा भएका पिर र बेदना हरुलाई आत्मसाथ गर्दै त्यही समयको गति सँगसँर्गै आफ्नो जीवनको यात्रालाई अगाडी बढाईरहेको थिए । केही खुसी हुने प्रयास गर्दै थिए । सिमरन र म बिच कुराकानी नभएको पनि आज बर्ष दिन भैईसकेछ । सोच्थे उनले त मलाई भुलिसकिन होला तर मैले त अझैपनि उनको मायालाई भुल्न सकको थिएन । धेरै कोशिस गर्छु मनलाई सम्झाउन तर मन नै मान्दैन अझैपनि उनले गरेका कुराहरु मेरो मानसपटलमा गुञ्जीरहन्छ रातीको भोक र निद्रा सबै हराएको छ कसैका अगाडि हाँस्न पनि सक्दिन न रुन नै जिउँदो लास सरी बाचीरहेको छु । घाम लागे पनि , पानी परे पनि, फुल फुले पनि फुल झरे पनि उनको सम्झना हरपल आइरहन्छ । मलाई कतै हावा चल्नु हुदैन । उनको मायालु यादहरुले मलाई बार बार स्र्पश गरीरहन्छ । आफ्रनो यो अस्थिर मनलाई हर पल हर क्षन समालने कोसीस त गर्छु तर सक्दीन । उनको मायाले चर चर चिरीएको मुटूको प्रत्यक धड्कन सिरीप आजको दिन सम्म उनकै नाममा समर्पित थियो । जब उनको सम्झनाले मेरो मुटुको धड्ंकन बढन्न थालथ्यो म आफुलाई समालन सक्दिन थिय । र मैले आफ्नो अबस्थालाई स्थिर राख्नको लागी मैले त्यही मदिरा र चुरोटको साहेता लिने गर्थे । यो मायाको नसा पनि अपारको हुँदोरहेछ बोतलको नसा त के हो र यो मायाको नसा त बोतलको भन्दा सयौ गुणा ठुलो हुँदोरहेछ । तर के गर्नु मनमा जतिनै पिडा र बेदना भएपनि अरुको अगाडी हाँस्नु पर्दोरहेछ । त्यही बिबसताले गर्दा साथिभाई र ईस्टमित्रहरुको अगाडी म आफु खुसी भएको बाहाना बनाउँनको लागी हाँसेको नौटङ्की गनु पथ्र्यो । यसरी नै सारा दिनहरु बिताउँदै अगाडी बढ्दै गए । एक दिन मेरो मोबाईलमा फोनको घण्टी बज्यो मैले हेर्दा सनध्याको फोन थियो । त्यही सनध्या जो सिमरनको दिदी थीई । सनध्या मेरो स्कुल पढ्दाको धेरै मिलने साथि हो र आज पनि हामी त्यतिनै मिलछै । हामी स्कुल पढ्दा एक अर्काको कुरा खुलेर गर्थेउ । सनध्या स्कुलकै एउटा साथि रविनलाई मन पराउँथि , प्रेम गर्थि र उनिहरु बिचमा हुने गरेका कहिले खुसीको कहिले बेखुसीका  सबैकुरा म सँग भने गर्थि । त्यसले म सँग बिहे गर्दैनरे त्यसको त अर्कै केटी छे रे हो त्यही सँग बिहे गर्छरे अब म के गरु । यस्तै यस्तै कुरा गर्थि अनि म रविनलाई भेटेर सोध्थे तैले किन यसो भनेको सनध्या रोईराखेको छे त के सनध्यालाई माया गर्दैनस । अनि रविन केही बोल्दैनबोली गएर फकाउँथ्यो । अनि उनिहरु खुसी देखिन्थे मलाई पनि केही खुसीको अनुभुति हुनथ्यो । आखिर सनध्याकोे प्रेम पनि सफल भयो । सनध्याले s l c दिएको बर्षनै प्रेम बिबाह पनि गरी । म सनध्याको घरमा प्रत्यक हप्तामा एक चोटी पुग्थे । तेतिबेला म अलि कामको बेस्थताले गर्दा जान पाएको थिएन । त्यसैले फोन गरेको होला जस्तो लाग्यो मैले फोन रिसिभ गरीन । फेरी पनि फोन आएपछि केही भए जस्तो छ केही अफटेरो परेर फोन गरेजस्तो लाग्यो मैले फोन रिसिभ गरे । सनध्याले मलाई तुरुनत आनको लागी आग्रह गरी । म जुनबेला काममा अलि बेस्त थिए । किन मलाई सनध्याले एकासी बोलाई मलाई केही थाहा भएन । मैले आफ्रनो सबै काम छोडेर म सनध्याको घर तिर लागे । जुनबेला सनध्या र रविन बनेपा बस्थे भने म चै काठमान्डौ बस्थे । सनध्याले मलाई बोलाएको दुई घण्टा पछी म उनिहरुको घरमा पुगे म पुग्दा सनध्या मात्र थिई घरमा रविन काममा गएको रहेछ । अनि मैले सोधे किन बोलाएको मलाई के  काम हो तेस्तो फोनमा भन्न नहुने । सनध्याले केही बोलीन र एकछिन पछी भनि आईज माथि बरानडमा बसेर कुरा गरैला । हामी बरानड तीर लाग्यौ । जब म बरानडमा पुगे मैले त्याँहा सोचदै नसोको कुरा देख्न पुग्य । त्याँहा मैले एकासी सिमरनलाई देखे अनि म छागा बाट खसेझै भए । सनध्याले भनि यही हो कुरा यही भन्न बोलाएको हो तलाई । यति भनेर सनध्या फेरी तल झरी अब म के गर्ने के अलमलमा परे केही बोलने आट गर्न सकिन के भनेर बोलने के बोलने । सिमरन सँग बोलने आट म मा भएन र उनले पनि बोलने कुनै संकेत गरेजस्तो लागेन । हामी तल कोठामा आएऊ । मैले सनध्यालाई म घर फर्कने कुरा गरे तर सनध्याले खाजा खाएर सँगै जानु भन्ने कुरा गरी । खोई मलाई के भएको थियो तेतिबेला म जन्छु भनेर बाहीर निस्के । म घर पुग्दा बेलुकीको छ बजिसकेको थियो । खाना खाएर सुतने बेलामा मैले सनध्यालाई फोन गरे सनध्या र रविन सँग केही कुरा गरेपछी थाहा भयो । मलाई बोलाउँन सिमरनले नै लगाएको र फोनमा बोलाएको नभनु मैले बोलाएको भन्यो भने म आउँदिन भनेर नभन्नेको रहेछ । केहीबेर कुरा गरेपछी केही कुरा थाहा भयो । मलाई एकचोटी सिमरनलाई फोन गर्न मन लाग्यो मैले सिमरनलाई फोन लगाए फोन लाग्यो ऊताबाट फोन पनि रिसिभ भयो । आज फोनमा सिमरनको नै आवाज सुनियो अनि मैले सोधे आज मलाई किन बोलाएको अनि किन केही नभनेको के काम थियो कि । उताबाट समिरनले भनिन मलाई एकचोटी भेटन मन लाग्यो केही कुरा गने सोच थियो । यस्तै यस्तै केही कुरा भयो । अनी हामीले फोनबाट बिदा लियौँ ।

Friday, September 20, 2013

मेरो कथा भाग ३

                          कसम तिमिलाइ कदापि रोक्ने छैन म । तिमि सँग हुदाका ति मयालु यादहरु मलार्इ छोडि, अरु सबै लिएर जाउ । आउने छैन म तिमिलाइ दुखाउनअब तिम्रो जिन्दगिमा । सँगै खएका कसमहरु सँगै देखेका सपनाहरु भताभुंग भएरछरिएका छन । भयो अब बटुल्न कोसिस पनि गर्दिन म, र तिमि पनि नगर । अब बिना लक्क्ष्य बिना सपना र बिना खुसि बाच्नु छ मैले ।। तिमि अब नयाँ लक्ष्य बनाउनु ,नया सपनमा रमाउनु, नयाँ अनि सुखि जिबन ज्युनु । मेरो प्राथना छ भगवन सँग। हो सिमरन तिमिलाइ सदैब खुसि मिलोस, अनि सफ़लता पनि यसरी उनकै सम्झनामा भगवान सँग उनकै सफलता अनि खुसीको कामना गरीरहन्थे उनले मेरो माया मारेपनि मैले माया मार्न सकेको थिएन । म बिना लक्ष्य बिना सपनाको भैसकेको थिए । र पनि यति चै थाहा थियो म समयको गति सँगै अगाडी बढ्नु पर्छ । त्यसैले मैले आफ्रनो जीवनको यात्रालाई  पनि त्यहि समयको गति सँगै अगाडी बढाउँदै गए । जुनबेला समिरनले मलाई छोडेर गएको पनि मैहिनौ महिना बितिसकेको थियो । तर पनि मैले उसलाई माया मार्न सकेको थिएन । आखिर सिमरनमा के थियो र मैले माया मार्न सकिन । यस्तै यस्तै कयौकुराहरुले मेरो मन , मस्तिसक , बिचार अनि सोचमा डेरा जमाईसकेको थियो । जस्को माया मार्नको लागी मैले नराम्रो पक्ष हरुलाई अगाल्दै गए कि अब मैले एक हातमा  बिएरको  बोतल त अर्को हातमा चुरोटका खिल्ली यसरी दिन दिन कुलतमा फस्दै गए । मैले सिमरनलाई भुल्नको लागी बिएर र चुरोटको साहारा लिए तर त्यो पनि सफल हुन सक्केन । मदिराको नसामा पनि उनको नाम मेरो मन , मस्तिसक , बिचार अनि सोचबाट हटाउँन सकिन । यसरी मेरो बिग्रदो अबस्था देखी म मात्र हैन मेरा साथिहरु पनि म भन्दा बढि दुःखी भएको थिए । एकासी  मलाई मेरो साथि राजले म सँग भन्यो हेर त आफु त दुःखी छसछस तैले गर्दा हामिलाई पनि कति दुःखी बनाउँछस । अब म सिमरनले तलाई छोड्नुको कारण सबै पत्ता लगाउँछु । उसले मलाई भनेको कुरापनि ठिक लाग्यो । म पनि अब त्यस्तै चाहान्थे । सिमरनले मलाई छोड्नुको कारण के हो । यो कुराको पत्ता लगाउँनु थियो । त्यसको केही दिन पर्छी पूर्ण राजले भन्यो आज त सँग केहि कुरा गर्नु छ  आज हामी पशुपतिनाथको मन्दीर जाऊँ अनि उत्तै बसेर कुरा गरौला । हामी खाना खाएर पशुपतिनाथको मन्दीर तिर लाग्यौ । हामी पशुपतिको जङगलमा बसेर कुरा गर्न थाल्यौ राजले कुरा सुरु गप्यो कुरा सिमरन सँग सम्बन्धीत थियो । मलाई त्यति बेला राजले भन्दै गप्यो म सुन्दै गए समय धेरै बितिसकेको थियो हामी कुरा गर्न थालेको पनि ३ घण्टा भएछ । चुरोटको ठुटो बाट निस्केको धुवालाई मुखबाट बाहिर फ्रयालदै राजको भन्दै गरेकाकुरा सुन्दै बसे । त्यतिबेला बल्ल मलाई थाँहा भयो उनले मलाई छोडेको हैनरहेछ । उनी एउटा बाध्यतामा परेर यो सबै कुरा गर्न बाध्य भएकी रहिछीन् । उनले मेरो जीवन बचाँउनको लागी यो सबै गरेको रहेछ । उनको घर परिवारमा हाम्रो सम्बन्धको बारेमा सबै थाहा भएपर्छी उनलाई घरमा बार बार गाली गर्न थालेछन् । उनको बाबुले उनलाई भने गरेको थियो रे तेरो रिदम सँगको सम्बन्ध छोड्ने भए छोड् नत्र तेरो  रिदमलाई मारीदिन्छु । यसरी पटक पटक उनको बाबुले उनिमाथि दिएको दबाबको कारण उनले मलाई यसरी एक्लो बनाउँन बाध्य भएकी रहिछीन् । यसरी यो सब कुरा सुन्नेपर्छी मेरो मनले खोई के सोचो के मलाई फेरी 

 सिमरनलाई फोन गर्न मन लाग्यो । मैले फोन निकाले र सिमरनको नम्बर दबाए फोन त लाग्यो । उताबाट पनि फोन रिसिभ भयो । आज पनि फोनमा सिमरनको हैन सिमरनको ममिको आवाज सुनिया । अब म के गर्ने के अलमलमा परे आजसम्म म सिमरनको ममि सँग बोलेको थिएन । मैले केहि नबोली फोन काटीदिए । नहुने कुरा कहिबाट पनि नहुदोरहेछ ।  यसरी समयले मात्र हैन म सँग त्यो निष्टुरी भगवानले समेत मेरो खुसी देख्न चाहेन । आखिरमा मैले त्यस्तो के पाप गरेको थिए र । मैले आफ्रनो माया पाउन सकिन । 
  

Thursday, September 12, 2013

मेरो कथा भाग २


मान्छेको जीबन मा धेरै ईच्छा र आकाङ्क्षाहरु हुन्छन ति ईच्छा र आकाङ्क्षा पुरा गर्नका लागि आफ़्नो घर परिवार, साथि(भाई अनि आफ़न्तहरु सबैलाई बाध्यताबश बिर्सिनुपरेको छ । भेट हुँदा सबैको मनमा हर्षले सिमा नाघ्छ, अनि छुट्टिनुपर्दा सबैलाई नरमाईलो पनको अनुभव हुन्छ ।नरमाईलो हुनुपनि स्वभाविक हो, किनकि छुट्टिएपछि केहि भर हुन्न, भोलि फ़ेरि कहि कतै भेट होला नहोला भन्न सकिन्न किनकि जीबनको कुनै भरोसा नै हुन्न । हो म याँहा त्यँही मेरो कथाको बारेमा भन्दै छु । जस्को नाम आजसम्म पनि मेरो नसा नसामा छ । जुन बेला म घुम्मनको लागि साथिसँग गएको थिय । बाटोमा एकासी  उनि सँग भेट भएको थियो ।  ऊ आफ्नो दिदिको साथमा थिईन । फेरी यो कस्तो अचम्म भयो । ऊनको दिदि त म सँगै पढ्ने साथि हो । त्यसैले मलाई उनिहरुसँग कुरा गर्न कुनै आपत्ति थिएन । हामी कुरा गर्दै अगाडी बढेउ । बिस्तारै बिस्तारै हामी बिच पनि केहि कुराहरु हुन थालो । कुरा गर्दा गर्दै के भयो के एकासी म त ऊनको नाम सोध्न पुगेछु । ऊनले पनि केही लजास्पद पाराले आफ्नो नाम बताईन । हो मलाई बल्ल थाहा भयो ऊनको नाम सिमरन थियो । हो सिमरन । सुन्दा केटाको जस्तो लाग्छ । तर होईन ऊनि त केटी थिईन । यसरी हामी बिच एकअर्काको परिचर्य सँगसँगै अनेक कुराहरु हुदै गयो । तर कुरा भने अनौपचारीक थियो । म केही सोध्थे सिमरन जवाफ दिन्थीं सिमरन केही सोध्थी म जवाफ दिन्थें,
वस,हामीबीच कुनै विषयलाईलिएर कुनै खाले वहस नै भएन । जब दिनहरु बिदै गए हामी पनि एकअर्का प्रति नजिक हुदै गएऊ । अब म पनि यो चाहान्थे कि अब ऊनि सधै मेरै सामुन्ने होस । याँहा सम्मकी टाढा हुदाँपनि बोलीको माध्यम बाट तिर्सना मेटन् पर्ने । यसरी हामी बिच एक अर्काको सम्झनामा घन्टौ घन्टा आवाजको तरङग बाट कुरा हुन्ने गथ्र्यो । यसरी समयको छालले बगाउँदा बगाउादै मलाई यसरी यती मिठो ठक्कर दियो की त्यो क्षेन मैले आज सम्मनि बिर्सन सकेको छैन् । हो त्यो ठक्कर सिमरन सँगको ठक्कर । त्यतिबेला म यति खुसी थिए जुनबेला हामी प्रेमको जालमा परीसकेका थिएउ । समय पनि निकै अघि बढिसकेको थियो । सिमरन मेरो जीवनमा आएको पनि दुई बर्ष भईसकेको थियो । जुन  समयमा म s.l.c को तयारी गरीरहेको थिए । s.l.c परीक्षा  सकेर म पनि काठमान्डौ छिरे । जँहा उनि बसने् गर्थिन उनि उही सिमरन । म काठमान्डौ गएको केहिदिन पछि सिमरन सँग भेटघाट पनि भयो । यसरी हाम्रो भेटघाटले धेरै लामो साथ पाउँन सकेन । जुनबेला  फोनमा कुरा गर्दै थियौ । त्यतिबेला सिमरनले रुदै भनेकी थि अब मलाई कहिले पनि नसम्मझनु र फोन र म्यासेज पनि नगर्नु । हामी बिचको सबै सम्बन्धलाई बिसीएर तपाई नयाँ जीवनको सुरुवात गर्नु । यसरी कुरा गर्दा गर्दै कुरा गर्न थालेको पनि दुइ घण्टा भईसकेको थियो । ऊनले फोन राख्नुभन्दा अगाडी मलाई भनेको थियो अब तपाईले एउटा यस्तो मान्छे खोज्नु जसले तपाईलाई मैले भन्दा धेरै माया दिनेहोस । यती भनेर ऊनले फोन काटीदिन मैले पूर्ण फोन लगाए तर फोन लाग्न सकेन्न त्यतिबेला सम्म सिमरनले मोबाईलको सुईच बटम दबाईसकेको थियो । त्यो दिन त्यतिकै बित्यो । मनमा अनेक कुराहरु खेलीरहेका थिय कतिबेला निदाए थाहा नै भएन । भोलीपल्ट उठदा बिहानीको आठ बजीसकेको थियो । मैल पूर्ण फोन उठाए र नम्मर दबाए फोन त लाग्यो खुसी भए तर खुसी हुनु मात्र भयो फोन उठाउँने सिमरन थिईन फोनमा उसको आमाको आवाज सुनियो मैले केही नबोली फोन राखिदिए । जुनबेला  म पाटन हाई स्कुलमा कक्षा एघारमा अध्यन गर्दै थिय । तर मैले मेरो पढईलाई पूर्णता दिन सकिन्न । घरमा पनि बस्न मन नलागेपछि म साथिहरुकोमा गए ।  मैले सोचेको पनि थिएन मलाई सिमरनले यति सम्मको घात गर्छे मलाई धोका दिन्छे । सोचे जस्तो नहुदोरहेछ जीवन यदि हुदोहो त कसैले पनि रुन पर्दैन थियो होला सोचेका सबै सपनाहरु पुरा  हुन्थेंहोला । मैले जस्तो कहिले पागल सरी हाँसेको हाँर्सै त कहिले लाटो सरी मौन बस्नुपर्ने यो पृथ्वीको भार सरी बोझील्ला जिन्दगी जिउन पर्ने थिएन होला । हो जिउन पर्ने थिएन होला । त्यो बेला मलाई म आफ्रैले समालन्न सकिरहेको थिएन । अर्धचेत जस्तो भएर सहरका गल्ली गल्ली भौतारीरहेको थिय । मैले आफ्नो पढईलाई पनि पूर्र्णता दिन सकिन्न मैले आफ्नो अबस्थालाई कहिलेपनि पहिलेकै अबस्थामा राख्न सकिन्न । बार बार सिमरनको सम्झनाले सताई राखेको थियो ।
                                   उसको सम्झना बाहेक अरु केही थिएन म सँग केबल थियो  त उहि सिमरनको सम्झना
                                                                                                         हो उहि सिमरनको सम्झना ।।।

Wednesday, September 11, 2013

मेरो कथा भाग -1

                                                   
                                                             जब म सानो थिए मलाई जुन बेला कुनै कुराको आभास थिएन । र म समयको गति सगैँ अगाडी बढिरहेको थिए र दिन प्रतिदिन समयको गती सँगै केहि अप्ठरा अप्पतारीला  जीवन यात्रा गरीरहेको थिय । यी यात्रा हरुमा कतै ठेस लाग्छ कतै ठकर अनि कतै ओराली झर्नपर्ने त कतै उकाली चढ्न । यस्तै यस्तै समस्या हरुलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिए । हो म याहाँ भन्दै छु मेरा कथा मेरा भोगाई हो वास्तविक जीवनका मेरा भोगाईहरु । समय त्यस्तो चिज रहेछ जस्लाई कसैले रोक्न नसक्ने अनि छेक्न पनि । आज मलाई त्यही समयको छालले  बगाउँदै बगाउँदै कहिले गाउँघरको पाखा पखेरा अनि कहिले सहरका अपरिचीत ब्यतिसगँको ठक्कर त कहिले आफ्नै साथीभाई र ईस्टमित्र बाट पाएका तुच्छ बचन अनि ब्यबहारको सामना गर्दै समयको गति सगैँ आफ्ना अमुल्य समयलाई अगाडी बढिरहेको थिए । यीनै समयको गतिलाई अबलम्बन गर्दै आफ्ना कार्यहरुपनि अगाडी बढाईरहेको थिए । थाहा थिएन मलाई समयको गतीसगैँ म पनि ठुलो भईसकेछु । हो ठुलो । आज म कक्षा आठमा  पढ्ने भएछु । अनि मेरा बिभिन्न शारिरिक तथा मानसिक  रुपमा पनि परीर्वतन हुन थालीसकेको थियो ।
                                                                                                वास्तवमा सोचे जस्तो हुन्नरहेछ जीवन । आज म तिनै साथिभाई हरुसँगको साथ भन्दा टाढा हुन पर्ने अबस्था आएको छ । हो यो समय जाली रहेछ । अनि छलकपट पनि । हो हिजोको ती साथिहरु सँग गरेका ती रमाईला कुराकानी अनि हाँसखेल  गर्ने समयको अनत्य भएजस्तो लागिरहेको थियो । तर म गलत रहेछु मैले सोच्चे भन्दा फरक भईदियो । मैले त्याँहा  तिनै साथिहरु जस्तै साथ र माया दिने साथिहरु पाए । जुन बेला म कक्षा नौ को अध्यन गर्ने क्रममा थिए । तर मैले ती मेरा पहिलेका साथिहरुलाई कहिले पनि बिर्सन सकेको थिएन । र म बेला बेला घर पनि जान्थे । र म घर गएपनि घरमा कहिले बसदिनथे म तिनै साथिहरुको घरमा पुग्थे । र मेरा दिनहरु उनिहरुसँगै बिताउने गर्थे । यिनै जीन्दजीको यात्रा गर्दा गर्दै कति सँग घनिष्ट नाता जोडीयो भने कति सँग छेनिक । हो बेलाबेलामा मेरा साथिहरुले भने गर्थे । याँहा यस्तै हुन्छ के गर्ने कुनबेला कोसँग भेट हुन्छ थाहा नै हुदैन्न । आज मेरो जीबनमा पनि उनिहरुले भने जस्तै भएको छ । यीनै जीवनको यात्रा गर्दा गर्दै मैले पनि धेरै ब्यतिहरुसँग आकस्मिक भेटघाट र चिनजान भएको थियो । यसैक्रममा मेरो त्यो ब्यतिसँग भेट भयो जस्लाई मैले आजसम्म पनि बिर्सन सकेको छैन् । जस्को नाम आज पनि मेरो प्रत्यक मुटुको धड्कन सँग मेरो प्रत्यक नसा नसामा बहगीरहेको छ । हो प्रत्यक मुटुको धड्कन अनि मेरो प्रत्यक नसा नसामा उसकै नाम छ ।

Sunday, September 8, 2013

गन्तव्यविहिन यात्रा

                                          म तिम्रा भावनाहरु,तिम्रा अनुभवहरु र तिमीले म प्रति देखाएका स्नेयका लहरहरु कहिलेकाहि मन सम्म आएर यति छुन्छनकी म व्याक्त गर्नै सक्दिन त्यसैले त पल–पल,हरेक पल, हरेक क्षण यी मेरा मन मस्तिस्कमा तिमी नै तिमी मात्र घुमीरहन्छेउ मात्र तिमी नै।मान्छे तितो स्विकार गर्दैनन् तर बाच्नका लागी तितो पनि चाहिदो रहेछ,मान्छेको जिन्दगी एउटा फुल जस्तै हो।हुरीबतास सहनु पर्छ, त कहिले हतसमै झर्नु पनि पर्छ।घाम र पानीमा अडेको जीन्दगानीको कथा यहि हो।एक मुठि सास लिएर हिड्नु पर्ने जीन्दगी अति कठिन छ,आज बल्ल अनुभव गर्दैछु,चढ्नु पर्ने छ विशाल पाहाडहरु,उकालीहरु यहाँ ओरालीहरु छन,भञ्याङ्हरु छन्,चौतारीहरु छन।कसैको साथ पाएर हिडिरहे कति रमाईलो हुन्थ्यो होला जीन्दगी तर एक्लै हिडदा उकालीहरुमा,ओरालीहरुमा र जङ्गल र अप्ठाराहरुमा सारै गाह्रो हुदोरहेछ।अर्थहिन जीन्दगीको भूमरीबाट आज एक्लो भएको छु।खित्का छोडेर पनि हाँस्न नसकिने भएको छु,बानी परेको छ झोक्रिएर बस्ने,एक्लै–एक्लै उदास भएर बस्ने।छतको पुरानो गमलामा फुलेको फुल जस्तै उदास छु म उजाड छु म।तपाई नडराउनुस हाम्रो माया सफल भएरै छाडछ, उ यसै भन्थी । म पनि भन्थ्ये तिम्रै अनुरोधमा म तिमीसँग प्रेममा र तिम्रै बाटोमा हिडेको हु ।।। यदि तिमीले मलाई छाडेउ भने तिमीलाई साह्रै ठुलो पापलाग्नेछ, यति भन्न नपाउदै उ रुन्थी र भन्थी हेर्नुहोस, यसरी छाड्ने र माया नगर्ने भए किन तपाई सँगयत्रो कुरा गथ्र्ये । मलाई पनि उसको यो करामा विश्वास लाग्थ्यो र अझै उ प्रति प्रगाढ मायापलाएरआउथ्यो फुत्त निस्कने अनियन्त्रित सम्झनाको पुरानो ढोकाबाट यादका बारातहरु हिडाल्दै जीन्दगी जब कसैको सामिप्यमा पुग्छ मान्छेको वास्तविकभन्दा पृथक प्रेम र आस्थाको मात्र संसार बन्दोरहेछ । त्यतीबेला जब प्रेममा मान्छे त्यसको गहिराई सम्म पुग्छ त्यत्तिबेला उसको कल्पनाको वरिपरी
त्यहि व्याक्ति हुन्छ, जसलाई उसले ह्रिदयमा राख्छ । मैले पनि उसलाई आँखामा राखे, ह्रिदयमा राखे, मनको ढुकढुकीमा, सपनामा राखे, उसकै यादमा हरपल जीहिराखे।।।।।खादा ऊ ,बस्दा ऊ ,हिडदा ऊ हरपल ऊ नै घुम्न थालेकी थिई मेरो नजरमा काम गर्न थाल्थे त काम गर्ने टेबुल वरिपरी पनि छाया बनेर पछ्याईरहन्थ्यी । मैले
गल्ती गरेकी सहि गरे मलाई थाहा भएन, उसैले देखाई मेरो मरीसकेको प्रेमको बाटोलाई जीवित गराएर,हराएका मायाका सौगात हरुलाई बटुलेर राख्ने साहास प्रद्यान गरी , बाटो बिराएर भौतारीरहेको बटुवालाई सहि मार्गनिर्देशन देखाएर हिडाउने काम गरी ।।।।।।। । यस्तै यस्तै गर्ने उसले मेरो मन यसरी जीतेकी थिई कि म उसको अगाडि घुडा टेकी उभ्भिन बाध्य भएको थिए । म उसलाई तिम्रो सौन्दर्यताबाट डुब्दा–डुब्दै म तिम्रो मनको गहिराईसम्म पुगीसके , तिमी जति राम्री छौ त्यती नै शिलस्वभाव की पनि त्यसैले त म तिमीलाई मन पराउछु यसै भन्ने गथ्र्ये उ पनि मख्ख परेर सुनिरहन्थ्यी । यसै गरी हाम्रो माया निरन्तर अगाडि बढ्दै थियो हामी कहिले फोन बाट, कहिले इन्टरनेटबाट, कहिले एस।एम।एस बाट दिनहुजसो कुरा गरीरहन्थ्यौ उ भन्थ्यी । तपाईलाई मेरो परिवारले पृथक गर्न खोज्लान तर तपाई नडराउनु तपाई यसको सामना डटेर गर्नुहोस म छु तपाईको साथमा छु । हो यसै भन्ने गर्थी

जब यादहरु, सम्झनाहरु मन भरी छताछुल्ल पोखिएर बग्न खोज्छन,यादहरु भरभराउदो परागमा उजेलिदै आफैभित्र आगो बनेर बोल्छन फेरी ज्वारभाटा जस्तै उड्छन मनका पिडाहरु र बग्छन आँखाका गगाजलहरु।।।।।।।।।।।।।।मन दुखेको धेरै भयो जस्तो लाग्छ,लाग्छ मेरो प्रेममा कसैको आँखा लाग्यो क्यार,अचानक जुन छर्र्दै हिड्ने चन्द्रमा मा कालो बादल छायो,तुफान चल्यो,एकाएक सुनौलो ठाँउमा अँन्धकार छायो जुन पनि कालो लाग्दो रहेछ मन दुखेपछि,मन खुसी भएपछि औसीको रात पनि पुर्णिमा बन्दो रहेछ तर साथीहरु त्यहि मन दुखेपछि पुर्णिमाको जुन पनि औसीको रात जस्तो लाग्दो रहेछ।उसले त फोन बन्द गरी म छक्क परे हिजो त्यहि केटिले रुदै भन्ने गर्थी तिमी भन्दा सुन्दर केटा मैले देखेकी छैन,तिमी कती सुन्दर छौ म तिमीलाई जीन्दगीमा यति धेरै माया दिन्छु जुन कसैले आज सम्म कसैलाई दिन सकेको छैन,म तिम्रो ह्रिदयकी राजकुमारी भएर बस्न चाहान्छु,मलाई छिट्टै आफ्नो बनाउनु,म तपाई बिनाको जिन्दगी एक पल पनि जिउन सक्दिन,भनेर घन्टौ फोनमा रुने त्यहि केटि ले आज यसरी लात हानेर गई म कल्पना पनि गर्न सकिरहेको छैन ।।।।।।।।।।। म त अझै पनि उसको मायालाई भुल्न सकेको छैन धेरै कोशिस गर्छु मनलाई सम्झाउन तर मन नै मान्दैन अझैपनि उसले गरेका कुराहरु मेरो मानस पटलमा गुञ्जीरहन्छ रातीको भोक र निद्रा सबै हराएको छ म कुन लक्ष लिएर विदेश पसेको थिए आज ति सबै लक्षहरु लाई भुलेको छु , कसैका अगाडि हाँस्न पनि सक्दिन न रुन नै जिउदो लास सरी बाचीरहेको छु घाम लागे पनि , पानी परे पनि, फुल फुले पनि फुल झरे पनि तिम्रो सम्झना हरपल आइरहन्छ । मलाई कतै हावा चल्नु हुदैन तिम्रो मायाले स्पर्श गरीरहन्छ , कतै बस्थीमा बत्ती बोल्नु हुदैन तिम्रो छायाले अचक्ली रुहाउछ मलाई , घाउ त तिम्रो अनुपस्थीमा पो दुख्दो रहेछ भागेर कहाँ जानु तिमीले नडो¥याहेको बाटोमा त म हिडनै जानेको छैन , कस्ता गहिरा र कस्ता अमीर छाप छोडेका तिम्रा यादहरु अझैपनि मानसपटलमा गुञ्जीरहन्छ । मलाई त लाग्छ
                                                        जीन्दगी एउटा यात्रामा अनवरत भुलीरहने सम्झनाका कायाहरु हुन जब–जब जीन्दगीको गोरेटोहरुमा हिड्दै जान्छु पछाडितिर फर्केर हेर्छु ति हरीया फाटहरुमा तिमीले
रोपेका मायाका घासहरु कति बाक्ला भएका रहेछन फर्केर जाउ समयले दिदैन अगाडि बडौ अनकन्टार  रात छिप्पीसकेको छ ,उकाली चडेर कहाँ बास बसिने हो ठेगान छैन , पल–पल पछाडि फर्कन्छु तिमीले गरेका बाचाहरु यादका बारात बनेर आउछन कहिलेकाहि त लाग्छ जीन्दगी यति नै हो । सपना भनेको यहि रहेछ मान्छेले जीन्दगीलाई बिपना हो भन्ठन्छन तर वास्तवमा जीन्दगी सपना नै रहेछ बस सपना नैमैले जीन्दगी बाँच्नु पर्ने त धेरै छ तर लाग्छ धेरै बाँचीसकेको छु , लाग्छ मजाक बाँच्दै छु , भोलीको सुन्दर संसार निर्माणमा म वर्तमान खनेउदै छु , एक प्रेम पत्र कोर्न नपाउने म शिशिरको पिपल पत्र जस्तै भएको छु थकित चेहेरा रपराजित जीन्दगीको कथा भित्र संम्भावनाका विशाल सपनाहरु बोकेर म गन्तव्यविहिन यात्रामा हिडिरहेको छु म हिडिरहेको छु ।

बिवश मेरो कथा छ,

आँसु पिएर बाँच्ने, बिवश मेरो कथा छ,
जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ ।
                                                                                                                                 सन्देश                            माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के  यो पनि जिन्दगी हो र र  भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवनु भन्न मन लाग्छ । सत्य हो । सोचे जस्तो, खोजे जस्तो जीवन हामी सबैको कहाँ हुन्छ र  यदि सबैको जीवन सोचे जस्तै हुँदो हो त मान्छेहरू किन रुन्थे । सोचे जस्तो जीवन नभएकै कारण समय समयमा सुन्दै मुटु खाने घटनाहरू हाम्रो समाजमा घट्छ । सायद मैले अलिकति ढिला गरेको भए म पनि त्यस्ता खाले घटनाको रचनाकारमा आफ्नो नाम दर्ता गराउन पुग्ने थिए होला । घाउ बिनाको चोटमा भक्कानिदै मुटु दुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेर आएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देह त्याग गर्नै पर्छ भन्ने छैन । मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमा औंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारो लागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो । जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ ।

आज म आफैंप्रति गर्व गर्छु । मैले त्यो पल सही निर्णय लिन सकेकोमा । धन्यवाद दिन्छु मलाई त्यो पलमा साथ दिने मेरा आत्मीय मित्रलाई । कुरै कुरामा हितैषी मित्रले एक दिन भनेका थिए । आत्महत्या गर्नु त महापाप हो । मलाई पनि त्यस्तै लाग्यो । त्यसपछि बल्ल मेरो दोधारे मन काबुमा आयो । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक । जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् । अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमा जालझेलबिनाको जित नै सही जित हो । यो जित परन्तु रहन्छ ।

म पनि जाल झेलबिनाको जित चाहन्थे । त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ । मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे । म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल । वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ ।

सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्, जितेका छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथी साथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ । यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ । त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ । कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरू आउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो । बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी ।

जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् । कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्‍याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएका छन् त्यो सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएका छन् । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारण उनीहरूले जिते सधैंजित्नेछन् । जन्मेपछि एक दिन हामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं । हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जाल झेल र पाप कर्मबाट बँच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हर मोडमा दुईटा बाटाहरू हुन्छन् । सुख(दुःख, हाँसा(आँसु, पाउने(गुमाउने, लुटाउने(लुट्ने, सही(गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ ।

कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मनलाई थम्थम्याउँदै फेरि सपनाको खेती गर्नुर्पछ भन्ने परम् सुखम् । आफ्नो साथमा जे छ, त्यसैमा सन्तोष मान्यो भने सदा सुखी र खुसी र हुन सकिन्छ । आफूसँग जे जति छ त्यसैमा मनलाई बुझो लगाउन सक्नु बुद्धिमानी हो । यहाँका धेरै मानव मनहरू लुट्नमात्र खोज्छन् । हिजोका मेरा भोगाइहरू दशी बनेर मेरै वरिपरि चर्दै छन् । हो मेरै वरिपरि चर्दै छन् 
                                                                              मेरा भोगाईहरु बिवश मेरो कथा हरु
                                                                                                                                  सन्देश

Saturday, September 7, 2013

मैले तिमीलाई माया गर्नुको कारण के होला ?


मैले तिमीलाई माया गर्नुको कारण के होला ?
यस्तो प्रश्न तिमीले मलाई सोध्नुभन्दा पहिला
निलो आकाशलाई रंगीचंगी इन्द्रेणीले सजाउनुको कारण सोध
रातमा चन्द्रमालाई साथ दिंदै ताराहरू तल्किनुको कारण सोध
बगैचामा रंगीबिरंगी फूलहरू फुल्नुको कारण सोध
कालो बादललाई मेघ गर्जाउदै पानी बर्साउनुको कारण सोध
सायद त्यसपछि तिमीले जवाफ पाउनेछ्यौ
सायद त्यसपछि मैले जस्तै तिमीले पनि बिना कारण मसित माया लाउनेछ्यौ ।
बिशाल महासागरमा जलप्राणीहरू पौदिनुको कारण के होला ?
अँध्यारोमा जुनकिरीले प्रकाश छर्नुको कारण के होला ?
ब्रह्माण्ड जिउँदो रहनुको कारण के होला ?
खुसीमा हाँस्नु पर्ने र आँशु नूनिलो हुनुको कारण के होला ?
अँझै पनि जवाफ भेटाएनौ भने
त्यो धड्किन्दै गरेको मुटुलाई सोध, धड्किनुको कारण
त्यो ओठको लालीलाई सोध, रसिलो हुनुको कारण
त्यो भोक, त्यो प्यास, त्यो सुन्दरताले भरिएको तनमनलाई सोध
सायद स्पस्ट हुनेछ मैले तिमीलाई माया गर्नुको कारण ।
त्यो प्रश्न मै लुकेको जवाफलाई सोध
त्यो सुन्न चाहेको कानलाई सोध
त्यो महसुस गर्न खोज्ने भावलाई सोध
हरेक स्पर्शमा आनन्दित हुने त्यो आनन्दलाई सोध
श्वरलाई सोध, ईश्वरलाई सोध, परमेश्वरलाई सोध
त्यो धैर्यतालाई सोध, त्यो मौनतालाई सोध
त्यो तृष्णालाई सोध, त्यो प्रतिक्षालाई सोध
त्यो रिसमा पनि माया मिसिनुको कारण सोध
न्यानो अंगालोमा बाँधिन चिसिनुको कारण सोध
बिछोड सहन नसक्ने त्यो मिलनलाई सोध
बिहानीलाई सोध, पुरा कहानीलाई सोध
एक अर्कालाई सर्वस्व सुम्पनुको कारण के होला ?
स्वास फेरिरहनु पर्नेको कारण के होला ?
विश्वास गरिरहनु पर्नेको कारण के होला ?
सायद यति सुनेर स्वयम कारणलाई पनि लाज लाग्ने होला
त्यसैले अब उपरान्त मायामा कारण शब्द समाबेस नगरिएला
अनि माया गर्नेले माया गर्नुको कारण नसोधिदेला ।
त्यो डरप्रति विजय प्राप्त गर्ने त्यो निडरलाई सोध
त्यो इच्छा त्याग्ने सक्ने त्यागलाई सोध
त्यो सरलता, त्यो तरलतालाई सोध
सुम्सुम्याएका केशका प्रत्यक रेसारेसालाई सोध
सुस्ताऊन दिने त्यो बक्ष्यस्थललाई सोध
माया हासिल गरेका नौला अनुभवलाई सोध
त्यो पीडालाई सोध, त्यो गहिराईलाई सोध
गहिराईमा हराउने त्यो झरनालाई सोध
सृस्टिको हरेक रचनालाई सोध
हरेक ऋतुलाई परिवर्तन हुनुपर्नेको कारण सोध
सायद जवाफ पाउनेछ्यौ त्यसपछि
मैले तिमीलाई माया गर्नुको कारण के होला ?