मान्छेको जीबन मा धेरै ईच्छा र आकाङ्क्षाहरु हुन्छन ति ईच्छा र आकाङ्क्षा पुरा गर्नका लागि आफ़्नो घर परिवार, साथि(भाई अनि आफ़न्तहरु सबैलाई बाध्यताबश बिर्सिनुपरेको छ । भेट हुँदा सबैको मनमा हर्षले सिमा नाघ्छ, अनि छुट्टिनुपर्दा सबैलाई नरमाईलो पनको अनुभव हुन्छ ।नरमाईलो हुनुपनि स्वभाविक हो, किनकि छुट्टिएपछि केहि भर हुन्न, भोलि फ़ेरि कहि कतै भेट होला नहोला भन्न सकिन्न किनकि जीबनको कुनै भरोसा नै हुन्न । हो म याँहा त्यँही मेरो कथाको बारेमा भन्दै छु । जस्को नाम आजसम्म पनि मेरो नसा नसामा छ । जुन बेला म घुम्मनको लागि साथिसँग गएको थिय । बाटोमा एकासी उनि सँग भेट भएको थियो । ऊ आफ्नो दिदिको साथमा थिईन । फेरी यो कस्तो अचम्म भयो । ऊनको दिदि त म सँगै पढ्ने साथि हो । त्यसैले मलाई उनिहरुसँग कुरा गर्न कुनै आपत्ति थिएन । हामी कुरा गर्दै अगाडी बढेउ । बिस्तारै बिस्तारै हामी बिच पनि केहि कुराहरु हुन थालो । कुरा गर्दा गर्दै के भयो के एकासी म त ऊनको नाम सोध्न पुगेछु । ऊनले पनि केही लजास्पद पाराले आफ्नो नाम बताईन । हो मलाई बल्ल थाहा भयो ऊनको नाम सिमरन थियो । हो सिमरन । सुन्दा केटाको जस्तो लाग्छ । तर होईन ऊनि त केटी थिईन । यसरी हामी बिच एकअर्काको परिचर्य सँगसँगै अनेक कुराहरु हुदै गयो । तर कुरा भने अनौपचारीक थियो । म केही सोध्थे सिमरन जवाफ दिन्थीं सिमरन केही सोध्थी म जवाफ दिन्थें,

उसको सम्झना बाहेक अरु केही थिएन म सँग केबल थियो त उहि सिमरनको सम्झना
हो उहि सिमरनको सम्झना ।।।