सोचे जस्तो हुन्न जीवन

Saturday, August 31, 2013

रक्सी खाएर बिग्रे



 रक्सी खाएर बिग्रे
गीत गाएर बिग्रे

बैशँको मध्य यात्रामा
कसैलाइ पाएर बिग्रे

चुहिन थालेको मन
मायाले छाएर बिग्रे

निश्कर्ष मा भन्नु पर्दा
तिम्लाइ चाहेर बिग्रे

रक्सी खाएर बिग्रे
गीत गाएर बिग्रे

बयान नगर भो

मायाँमा नै हारें मैले जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रीतको बयान नगर भो

सबै टाढा हुँदा रैछन् दु:खै दु:ख पर्दाखेरि
सुख हुँदा नजिक आउने मीतको बयान नगर भो

ठूलै वर्षा हुनुपर्छ हरियाली छाउन यहाँ
झुल्कै घाममै सुकी जाने शीतको बयान नगर भो

मानव भन्नु सबै उस्तै छैन फरक रतिभर
मान्छे मान्छे फरक ठान्ने रीतको बयान नगर भो

मिठो लाग्छ छङ्छङ् गर्ने छहराको मधुर धून
मुटु रेट्ने बिरही त्यो गीतको बयान नगर भो

सन्देश जि.सी.

जसरि जिन्दगि को लामो सफर एक पाइला बाट सुरु हुन्छ ! हाम्रो संस्कृति र परिकल्पना समय को रप्तार ले मानिस लाइ धेरै बेस्थ बनायको छ भलो गर्ने हरु को कु भलो भै रहेको छ कु भलो गर्ने हरुको भलो भै रहेको छ ! सम्भंध र मर्यादा लाइ अहम र लोभ ले जिती सकेको छ यो परिवर्तन मान्छे मा भयको हो कि मान्छे को सोच मा भयो छुटाउनै गारो पर्ने अवस्था छ तर जे होश तपाइँ को भनाइ राम्रो छ ! बचन हरु मा बिसाद नै बिसाद भयको मानिस जुन युग मा पनि परिवर्तन हुन सक्दैन होला !जस्तो मलाई लाग्छ !

सन्देश जि.सी.

जिबन एउटा फूल हो

जिबन एउटा फूल हो।किनकी फूल पनि सुरुमा कोपीला हून्छ अनि फूल बन्छ र अनत्यमा झारेर आफ्नो जीवन लिला समाप्त गछ मानिसको जीवन पनि यस्तै हो।

त्यो सम्भव छ ।

यदि हामी मच्छडजस्तो सानो इच्छा गर्छौं भने तुरून्तै पाउँछौ“ । तर, हात्तीको इच्छा राखेर पर्खिनुपर्छ । सङ्घर्ष गर्नुपर्छ । समय लाग्छ ।यदि हामी महान् सोच राख्छौ“ भने कहिल्यै असम्भव नठानौ“ । असम्भव छैन । बस, हामीले प्राप्तिका लागि सही बाटो मात्र छनोट गर्नुछ। त्यो सम्भव छ ।